सोमबार, चैत्र १०, २०७६ || 612  पटक पढिएको

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले उपत्यकाका बढी भीडभाड हुने २० स्थानमा हात धुनका लागि पानीको व्यवस्थापन गरेको छ । कोभिड–१९ को जोखिम बढेसँगै बस पार्क, तरकारी बजार, मुख्य चोकलगायत स्थानमा पानीको व्यवस्थापन गरिएको लिमिटेडले जनाएको छ । उपत्यकामा आवश्यक अरु स्थानमा समेत यो सेवा विस्तार गरिने लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले बताउनुभयो । ती स्थानमा ५०० लिटर पानीसँगै हात धुने साबुनको व्यवस्था गरिएको छ । प्रशोधित पानी नियमितरूपमा उपलब्ध गराइने उहाँको भनाइ छ । ट्याङ्कीमा पानी खाली भए÷नभएको हेर्ने जिम्मेवारी कर्मचारीलाई दिइएको छ । उहाँले भन्नुभयो, “स्थानीयवासीले पनि आफ्नो क्षेत्रमा रहेको ट्याङ्कीमा पानी भए÷नभएको जानकारी गराउन सक्छन् ।” कोरोना भाइरसको जोखिम बढिरहे पनि लिमिटेडले नियमितरूपमा उपत्यकामा खानेपानी आपूर्ति गर्दै आएको छ । भाइरस रोकथाम र नियन्त्रणका लागि लिमिटेडले मास्क, स्यानिटाइजर, साबुनलगायत आवश्यक सामग्री उपलब्ध गराएर कर्मचारीलाई नियमित काममा लगाएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!