हिपमत डटकम

मंगलबार, फाल्गुण ०८, २०८० || 48789  पटक पढिएको

विराटनगर । नेपाल क्रिकेट फाउण्डेशन र मोरङ जिल्ला क्रिकेट सँघको सम्युक्त आयोजनामा विराटनगरको वैजनापुर क्रिकेट मैदानमा भएको अन्तर–स्कुल क्रिकेट प्रतियोगितामा मनकामना स्कुल र नेपाल गुरुकुल स्कुल विजयी क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

मंगलबार भएको पहिलो खेलमा मनकामना स्कुलले डिएभी स्कुललाई ३९ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको मनकामनाले निर्धारित निर्धारित २० ओभरको खेलमा १९ दशमलव ३ बलमा सवै विकेट गुमाई १ सय १ सय ४७ रन बनाएको थियो । जस्मा म्यान अफ द म्याच लक्षमण तत्माले सर्वाधिक ५३ रन बनाए । डिएभीका प्रशान साहले ४ विकेट लिए ।

१ सय ४८ रनको लक्ष्य पछ्याएको डिएभीले १९ दशमलव ५ बलमा सवै विकेट गुमाई ९८ रनमा सिमित भयो । जस्मा प्रसनव कर्णले २३ रन बनाए । मनकामनाका अमन अन्सारीले ३ विकेट लिए ।

दोस्रो खेलमा नेपाल गुरुकुल स्कुलले श्री पञ्चायत स्कुललाई ५८ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको नेपाल गुरुकुलले निर्धारित २० ओभरको खेलमा सवै विकेट गुमाई १ सय २ रनको योगफल तयार पारेको थियो । जस्मा अधा फिरोजले ३० रनको योगदान दिए । श्री पञ्चायतका मनिष थापा र संविधान लिम्बुले ३–३ विकेट लिए ।

१ सय ३ रनको विजयी लक्ष्य पाएको श्री पञ्चायतले १४ दशमलव २ बलमा सवै विकेट गुमाई ४४ रनमा सिमित भयो । श्री पञ्चायतका कुनै पनि ब्याटरले दोहोरो अंकलाई छुन सकेनन् । नेपाल गुरुकुलका म्यान अफ म्याच थोमश कर्णले सर्वाधिक ३ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!