विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिने उद्देश्यले जर्मनीले घर तथा कार्यालयबाहेक अन्य स्थानमा दुई जनाभन्दा बढी भेला हुन नपाइने नियम लागु गरेको छ । यसैबीच जर्मनी चान्सलर एञ्जेला मार्केलको सम्पर्कमा आएका एक चिकित्सकलाई कोरोनाभाइरस सङ्क्रमण भएको थाहा भएपछि मार्केल क्वारन्टाइन अर्थात् एकान्तवासमा बस्नु भएको उहाँका प्रवक्ताले बताउनु भएको छ । कोरोनाभाइरस प्रकोप नियन्त्रणका लागि जर्मनीमा दुई जनाभन्दा धेरैको सार्वजनिक जमघटमा प्रतिबन्ध लगाएको हो । एक टेलिभिजनमा सम्बोधन गर्नु हुदै चान्सलर मार्केलले सङ्क्रमणको दर घटाउन आफ्नै व्यवहार सबभन्दा प्रभावकारी माध्यम भएको बताउनु भएको छ । सार्वजनिक स्थानमा एक व्यक्ति अर्का व्यक्ति भन्दा डेढ मिटर, सकिन्छ भने दुई मिटरको दूरीमा रहनुपर्ने अनिवार्य गरिएको छ । कार्यालय वा चिकित्सककहाँ जान सकिने र स्वच्छ हावाका लागि एक्लै बाहिर निस्किन सकिने तर, अन्य लगभग सबै सार्वजनिक जमघट प्रतिबन्धित गरिएको समाचारमा जनाइएको छ । चान्सलर मार्केलले टेलिभिजनमा सम्बोधन गर्नु भएको केही समयपछि उहाँको कार्यालयले उहाँ स्वयम् क्वारन्टाइनमा बस्ने निर्णय भएको जानकारी दिएको थियो । गत शुक्रवार उहाँलाई न्युमोनियाको खोप दिएका एक चिकित्सकमा कोरोनाभाइरस सङ्क्रमण भएको पाइएपछि उहाँ आफै क्वारन्टाइनमा बस्नुपरेको हो । जर्मनीमा कोरोना भाइरस सङ्क्रमणको कारण ९४ व्यक्तिको मृत्यु भएको छ । हाल २४ हजार ८७३ जना सङक्रमित रहेका छन् । सोमबार प्राप्त एक समाचारका अनुसार २६६ उपचारपछि निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!