सोमबार, चैत्र १०, २०७६ || 1673  पटक पढिएको

सरकारले आजबाट लागू हुने गरी लामो दुरीको यात्रुवाहक सवारी चल्न दिएको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझ देशवासीका नाममा सम्बोधन गरी कोरोना भाइरसको जोखिमबाट बच्न लामो दुरीका सवारी साधन बन्दको घोषणा गरेका थिए ।

लामो दुरीको यात्रुवाहक सवारी साधन बन्द गरिएपछि अहिले राजमार्गहरुमा सवारी साधन कममात्र चलेका छन् । अत्यावश्यक सवारी साधान र मालवाहक सवारी भने सुचारु छन् । छोटो र मध्यम दुरीको यात्रुवाहक सवारी साधन भने चलिरहेका छन् । तर, त्यस्ता सवारी पनि कमै चलेका छन् । काठमाडौं उपत्यकाभित्र चल्ने छोटो दुरीका यात्रुवाहक सवारीमा कुनै रोक छैन ।

कुन कुन सवारी साधान चल्छ
छोटो दुरीको सार्वजनिक यात्रुबस
मध्यम दुरीको सार्वजनिक यात्रुबस
निजी सवारी साधन
मालबाहक सवारीसाधन
खानेपानी ढुवानी
दैनिक उपभोग्य सामाग्री बोक्ने सवारी साधान
फोहोर बोक्ने सवारी
पेट्रोलियम पद्धार्थ ढुवानीको सवारी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!