हिपमत डटकम

बुधबार, आश्विन ०३, २०८० || 14195  पटक पढिएको

विराटनगर। संविधान दिवसका अवसरमा पूर्वाञ्चल विश्वविद्यालय कलेज अफ ल ले वादविवाद प्रतियोगिता गरेको छ ।

वादविवाद प्रतियोगितामा रञ्जित लावती प्रथम र प्रवेश दाहाल द्वीतिय भएका छन् । त्यस्तै, लोकेन्द्र श्रेष्ठ तृतिय भएका छन् भने निमु शेर्पाले सान्त्वना पुरस्कार पाएकी छिन् । संघीयता अवसर हो भन्ने पक्षमा सात जना र संघीयता चुनौती हो भन्ने विषयमा सात जना विद्यार्थीले भाग लिएका थिए । कार्यक्रममा विद्यार्थीहरूले कविता समेत वाचन गरेका छन् ।

वर्तमान राजनीतिक अवस्था, भ्रष्ट्राचार, अनियमितता, बेथिती र बिकृतिका विषयमा कविता मार्फत विद्यार्थीहरूले कटाक्ष गरेका थिए । वादविवाद प्रतियोगितामा बीए एलएलबी पहिलो र दोस्रो वर्षमा अध्ययनरत १४ जना विद्यार्थीहरूले भाग लिएका थिए । कानूनमा भविष्य उज्ज्वल भएको भन्दै प्रमुख अतिथी वरिष्ठ अधिवक्ता डिल्ली बहादुर कार्कीले इमान्दारपूर्वक राष्ट्र सेवामा लाग्न आग्रह गर्दै विद्यार्थीहरूलाई शुभकामना दिएका छन् ।

कलेज अफ लका निर्देशक महेश प्रसाद निरौलाले संविधान र कानून कार्यान्वयनमा समस्या भएको बताए । विद्यार्थीहरूको चौतर्फी रूपमा वौद्धिक विकासका लागि क्याम्पसले वादविवाद प्रतियोगिता, वक्तृत्वकला प्रतियोगिता, कविता प्रतियोगिता लगायतका अरिरिक्त क्रियाकलापलाई निरन्तरता दिँदै आएको भन्दै निर्देशक निरौलाले यस्ता कार्यक्रममा सहभागि हुन सबै विद्यार्थीलाई आग्रह गरेका छन् ।

पूर्वाञ्चल विश्वविद्यालयको आंगिक क्याम्पस कलेज अफ लमा पाँच वर्षे बीए एलएलबी, तीन वर्षे एलएलबी अध्यापन हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया