जितेन्द्र ठाकुर

सोमबार, भाद्र ११, २०८० || 7431  पटक पढिएको

विराटनगर । अँध्यारोको आड लिएर भारतवाट नेपालमा चामल भित्रियाउने तस्कर वाटनै मदिरा विहार पठाउने गरेको पाइएको छ । भारत सरकारले चामल निर्यातमा पूर्ण प्रतिबन्द लगाएको बेला शशस्त्र प्रहरीको मिलोमतोमा चामल नेपाल ल्याउने तस्करले नै नेपाल वाट मदिरा भारत पु¥याउने गरेको पाइएको हो ।

रानी स्थित राजश्व तथा भन्सार सुरक्षा गुल्मका डिएसपी लोकेन्द्र सुब्वा संगको मिलोमतोमा एक समुहले भारत वाट चामल नेपाल भित्रियाउने र नेपाल वाट विहार सरकारले प्रतिबन्ध लगाएको मदिरा बिहार पु¥याउने गरेको रहस्य बाहिर आएको हो । पत्रकारहरुले तस्करीको समाचार लेख्दा बाध्य भएर कडाई गर्नु परेको बताउदै आएका डिएसपी सुब्बाले बेलुका सिमावर्ती क्षेत्रमा रहेको ईलाका प्रहरी कार्यालय रानी संग सवन्वय गरेर बेलुकाको समयमा तस्करी गराउन लागेको रहस्य बाहिर आएको हो ।

 


नेपाल सरकारले प्रतिबन्ध गरेको कुखुरा र चामल सहित खाद्यान्यको खुलेआम मर्टेर्वा नाका वाट हुने गरेको स्थानीय मो अजिमले बताए ।दिउँसोको समयमा घरको लागि ल्याउने समान पनि रोकेर पैसा माग्ने शशस्त्र प्रहरीले राती एक दर्जन भन्दा बढी मोटरसाईकलमा चामल ल्याउने र नेपाल वाट मदिरा लग्दा समेत नहर्ने गरेको उनले बताए । मटेर्वा मदिरा र चामल तस्करीको मुख्य केन्द्र बनेको छ । भारतको बिहार सरकारले मदिरा निषेध गरेपछि पिउनेका लागि तस्करले नेपालबाट मदिरा सीमावर्ती भारतीय गाउँसहरमा पुर्याउँदै आएका छन् ।

शशस्त्रका डिएसपी सुब्वाले तस्करी पैसामा लागेका मध्ये केहि सिमित व्यक्तिलाई मात्रै अनुमति दिएको छ ।सुब्बाले चाडपर्व नजिकिदै गरेको बेला विहारमा मदिरा पठाउन सहयोग गर्ने विराटनगरका होटेलमा बसेर मोटो रकम बुझिरहेको छ । उनले दिउसो नाकामा कडाई गरे जस्तो देखाएर सर्वसधारणलाई सास्ती दिने र राती खुलेयाम तस्करी गराउने गरेको स्थानीय व्यवसाय रमेश यादवले बताए ।सिमामा जनपथ र शशस्त्रको सेटिङमा नेपाली बजारबाट मदिरा सीमावर्ती बजारमा भण्डारण गर्ने र अनुकुल समयमा सीमा पारि भारतीय सहर पुर्याउने धन्दा अहिले मौलाएको स्थानीयहरुले बताएका छन् ।

दिउँसै उद्योगबाट सिल भएर आएको कार्टुनबाट मदिराका बोतल अर्को कार्टुनमा प्याक गरी बोरामा राखेर साईकल र मोटरसाईकल मार्फत सीमावर्ती जोगवनीको सिमावर्ती क्षेत्र मटेर्वा र रानीका आसपासका विभिन्न बस्तीमा पुर्याइन्छ । यहाँ मदिरा भण्डारण गरि पारी ड्युटीमा रहेका एसएसबीहरु लञ्च टाईममा ब्यारेक फर्केपछि धमाधम मदिराको कार्टुनले भरिएका बोरा पारि पुर्याइन्छ ।

 

 

आँखै अगाडि मदिराको तस्करी धन्दा हेर्दाहेर्दै आजित भैसकेका विराटनगर महानगरपालिा १७का मो नाजिमले मदिरा तस्करीको धन्दा फस्टाएसँगै जोखिम बढेको बताए । नम्बर प्लेटनै नभएको मोटरसाईकल चढेर पारीबाट आउनेहरुका कारण यहाँका जनता असुरक्षित महसुस गर्दै छन् । प्रहरी प्रमुखले बेवास्ता गरेपछि हामी अझ असुरक्षित महसुस गरिरहेका छौं, उनले भने ।

ईलाका प्रहरी कार्यालय रानीका प्रमुख प्रकाश रेग्मी र शशस्त्रका डिएसपी सुब्बाको लाईन रहेका बेला तस्करी गर्ने नयाँ तरिका अपनाएको भएता पनि रेग्मीको सरुवा भएपछि शशस्त्रको डिएसपीको तस्कर संगको असुली धन्धा बाहिर आएको हो । दैनिक एक दर्जन मोटरसाईकल वाट तस्करहरुले चामल दिनको दुई पटक देखि ४ पटक सम्म ल्याउने गरेको स्थानीयहरुले बताएका छन् । दर्जनौ साईकलहरु अनि भारतीय नम्बरका मोटरसाईकलबाट घेरिएको यो ठाउँमा बोरामा भरिने मदिराको कार्टुन साईकलमा राखेर सिधै सीमावर्ती जोगवनी पुग्छ ।
उता शशस्त्रका डिएसपी सुब्बाले आफुलाई कहाँ वाट चामल र मदिरा लगायतका समान तस्करी भएको हो भन्ने थाहा नभएकाले अव बुझने बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!