केचना । सुनवर्षी नगरपालिकाको वडा नम्बर १ केचनास्थित केचना फुटबल क्लबको आयोजनामा आगामी बुधबार (बैशाख २४ गते) देखि महिला नकआउट फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ ।
केचनास्थित मंगल सिंह माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालन हुने प्रतियोगितामा टाँडि , जहदा , हसन्दह , पथरी , चिसाङ लगायतका स्थानबाट ९ टोलिले प्रतिस्पर्धा गर्ने भएका छन् ।
प्रतियोगिताको विजेताले नगद रु ७० हजार र उपविजेताले नगद रु ४० हजार रुपैयाँसहित प्रमाणपत्र , शिल्ड र मेडल प्राप्त गर्नेछन् भने उत्कृष्ट खेलाडी , उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ताले क्रमशः नगद रु ५ हजार , ३ हजार र ३ हजार प्राप्त गर्ने आयोजक केचना फुटबल क्लबले जनाएको छ ।
फिफा नियमअनुसार संचालन हुने प्रतियोगितामा प्रत्येक टिमले ९ जना खेलाडी र ५ जना वैकल्पिक खेलाडी / पदाधिकारी समावेश गर्नुपर्ने बताईएको छ । खेल सुरु हुने समयभन्दा १ घण्टा अगाडि नै खेल मैदानमा उपस्थित हुनुपर्ने नियम पनि लागु गरिएको छ ।
आयोजकले क्लबहरूलाई प्रतियोगितामा सहभागी भई खेल उत्सवलाई सफल बनाउन अनुरोध गरेका छन् ।