पथरीशनिश्चरे । पथरीशनिश्चरे नगर खेलकुद महोत्सव अन्तर्गतको फुटबल प्रतियोगितामा आज (सोमबार) सम्पन्न तेस्रो खेल प्रभात सामुदायिक युवा क्लबले जितेको छ ।

निर्धारित समयमा दुवैतर्फबाट गोल हुन नसकेपछि भएको टाईव्रेकरले समेत विजेता चयन गर्न नसक्दा सडन डेथमा प्रभातले ६–५ गोल अन्तरले यलम्बर युथ क्लबलाई पराजित गरेको हो ।

निर्धारित ७० मिनेटको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेपछि खेल टाईब्रेकरमा धकेलिएको थियो। टाईब्रेकरमा पनि दुवै टोलीले पाँच–पाँच गोल गर्दै बराबरी गरेपछि खेल सडन डेथमा पुगेको थियो।

सडन डेथमा यलम्बरका महेन्द्र मगरको प्रहार प्रभातका गोलकिपर समीर क्षेत्रीले उत्कृष्ट बचाउ गरेपछि प्रभातले जित सुनिश्चित गरेको हो।
प्रभात क्लबका तर्फबाट टाईब्रेकरमा सौर्य राउत, सनम मुडयारी, युकेश तामाङ, धिरेन बिष्ट र दिपेश मगरले गोल गरे। सडन डेथमा निर्णायक गोल दिपेन माझीले गरे।

त्यस्तै, यलम्बर क्लबका तर्फबाट सञ्जिव कुरुङबाङ, न्युचन धिमाल, रोहन न्यौपाने, रोमन न्यौपाने र रुनी तामाङले गोल गरेका थिए। यलम्बर युथ क्लबका रोमन न्यौपानेलाई उत्कृष्ट प्रदर्शनका आधारमा ‘म्यान अफ द म्याच’ घोषणा गरियो ।

यसअघि आईतवार सम्पन्न प्रतियोगीताको दोश्रो खेलमा पनि विशाल युथ क्लवलाई सुनौलो कल्याण फुटबल क्लबले सडन डेथमा पराजित गरेको थियो । निर्धारित खेल २–२ गोलको वरावरी भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाईब्रेकर पनि बराबरी भएपछि खेलको छिनोफानो सडनडेथले गरेको थियो ।

महोत्सव अन्तर्गत भोलि (मंगलबार) को खेल हसन्दह राइजिङ फुटबल क्लब र पुल्चोक फुटबल क्लब बीच हुनेछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!