नोवेल कोराना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै इलाका प्रहरीे कार्यालय मिर्चैयाले सेवाग्राहीका हकमा सेनिटाइजरको प्रयोग तथा साबुन पानीले हात धुने व्यवस्था अनिवार्य गरेको छ । इलाका प्रहरी कार्यालय मिर्चैया पुग्ने जो कोहीले साबुन पानीले हात सफा गरेपछि मात्र कार्यालय प्रवेश गर्न पाउने छन् । कार्यालयको मुल गेटमा खटिएका प्रहरीले सेवाग्राहीका अलावा अन्य आगन्तुकहरुलाई सेनिटाइजर तथा साबुन पानीले हात सफा गर्न आग्रह गर्छन् । त्यसपछि मात्र कार्यालय प्रवेशकालागि इजाजत दिने गर्छन् । व्यक्तिगत सरसफाई र कोरोनाको जोखिमलाई मध्यनजर गरी कार्यालय प्रवेश अघि सेनिटाइजरले हात सफा गर्ने व्यवस्था मिलाएको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख प्रहरी नायब उपरिक्षक (डिएसपी) सन्तुलाल प्रसाद जैसवारले बताए । त्यसै गरी जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख (एसपी) उमा प्रसाद चतुर्बेदी संग कुरा गर्दा उहाले भनु भयो जिल्ला भरीमा कोरोना सम्वन्धि सचेतना र आवश्यक अन्य तयारी सहितका काम समेत थालिएको बताए ।

उनले बजार तथा सर्वसाधारणको बढी आउजाउ हुने स्थानमा सेनिटाइजरले हात सफा गर्ने तथा साबुन पानीले र साबुन पानीले हात धुने व्यवस्था मिलाउन लागिएको समेत बताए । जिल्ला प्रहरी कार्यालय सिरहाले आवश्यकता अनुसार हेल्प डेस्क समेतको प्रवन्ध मिलाउने जनाएको छ । एसपी चतुर्बेदीले कोरोना भाइरसबाट बच्न व्यक्तिगत सरसफाईमा ध्यान दिनुका सचेत र सजक रहन जिल्ला बासीमा आग्रह समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!