शनिबार, चैत्र ०८, २०७६ || 691  पटक पढिएको

संयुक्त राष्ट्र सङ्घको साधारणसभाको सन् २०१२ को प्रस्तावबाट हरेक वर्षको मार्च २१ मा आज अन्तर्राष्ट्रिय वन दिवस मनाउने गरिएको छ । यस वर्षको लागि वन दिवसको नारा ‘वन र जैविक विविधता’ रहेको छ । मानवलगायत सबै प्रकारका जीवजन्तु र वनस्पति प्रजातिको जीवनका लागि वन महत्वपूर्ण रहेको छ । वनबाट काठ, दाउरा, डालेघाँस जडीबुटी, स्याउला, पत्करजस्ता उत्पादनको अतिरिक्त कार्बन शोषण, अक्सिजनको उत्सर्जन, जलाधार संरक्षण, पानीको मुहान संरक्षण वातावरणको स्भाविक प्रशोधन, प्राकृतिक सौन्दर्य, सांस्कृतिक पहिचानजस्ता वातावणीय सेवासमेत वनबाट प्राप्त हुन्छ । जैविक विविधताको संरक्षणका लागि वन महत्वपूर्ण आधार हो । वन तथा वातावरण मन्त्रालयका प्रवक्ता डा सिन्धुप्रसाद ढुङ्गानाका अनुसार नेपालमा पहिचान भएका ११८ प्रकारका पारिस्थितिकीय प्रणालीमध्ये ११२ वटा पारिस्थितिकीय प्रणाली वनभित्रै पर्दछन् । त्यस्तै नेपालमा पाइने झण्डै १२ हजारभन्दा बढीका सङ्ख्यामा पहिचान भएका वनस्पति प्रजाति र सोही सङ्ख्याको हाराहारीमा पहिचान भएका जीवजन्तु प्रजाति कुनै न कुनै हिसाबले वनजङ्गलमै आश्रित छन् । पछिल्लो राष्ट्रिय सर्वेक्षणअनुसार नेपालको कूल भूभागको झण्डै ४५ प्रतिशत वनले ढाकेको छ । यसमध्ये करिब १८ प्रतिशत वन निकुञ्ज, आरक्ष, संरक्षण क्षेत्रजस्ता संरक्षित क्षेत्रभित्र पर्दछन् । संरक्षित क्षेत्र बाहिरका सामुदायिक वन, कबुलियती वन, साझेदारी वन, धाार्मिक वन, वन संरक्षण क्षेत्रजस्ता समुदायमा आधारित वन प्रणालीबाट अधिकांश वन व्यवस्थापन भइरहेका छन् । यी समुदायमा आधारित वन व्यवस्थापन गर्न ३० हजारभन्दा बढी सामुदायिक समूह क्रियाशील छन् । यस्तै साना ठूला गरी झण्डै २० हजार वनमा आधारित उद्योग सञ्चलनमा रहेको मन्त्रालयको तथ्याङ्क छ । नेपालको कूल वनको क्षेत्रफल केही वृद्धि भएको देखिए पनि वनको उचित संरक्षण, व्यवस्थापन र उपयोगमा केही चुनौती रहेको प्रवक्ता ढुङ्गाना बताउनुहुन्छ । “अझै पनि चुरे तथा तराईमा वन विनासको दर कायम छ । अधिकांश वनमा दिगो व्यवस्थापनको अभ्यास थालनी गर्न सकिएको छैन । वन क्षेत्रको तुलनामा तिनको संरक्षण र व्यवस्थापनका लागि पर्याप्त जनशक्ति र स्रोत साधानको कमी छ । वन क्षेत्र अन्य प्रयोजनमा जाने चुनौती कायम छ”, उहाँ भन्नुहुन्छ । वनलाई वनकै रुपमा संरक्षण र व्यवस्थापन गरी त्यसबाट प्रशस्त आार्थिक, सामाजिक र वातावरणीय लाभ लिन सकिएको छैन । मन्त्रालयले अन्तर्राष्ट्रिय वन दिवस २०२० को उपलक्ष्यमा एक सन्देश जारी गरी नेपालका सबै प्रकारका वनस्रोतको दिगो उपायोग र त्यसबाट जैविक विविधिताको संरक्षण, आर्थिक समृद्धि र सामाजिक सांस्कृतिक सद्भावमा योगदान पुग्ने अपेक्षा गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!