कोरोना भाइरस (कोभिड १९) को प्रकोपबाट विभिन्न ८ देशमा सबैभन्दा बढी मानवीय क्षति भएको छ । यसरी एक सय जना बन्दा बढी मानवीय क्षति व्यहोर्ने देशमा चीनसहित इटाली, स्पेन, इरान, अमेरिका, फ्रान्स, बेलायत र नेदरल्याड्स रहेका छन् ।

यी देशमा पनि सबैभन्दा बढी मानवीय क्षति इटालीले बेहोरेको छ । इटालीमा हालसम्म ४ हजार ३२ जनाको ज्यान गइसक्दा चीनमा ३ हजार २४८ जनाको ज्यान गएको छ ।

यता स्पेनमा १ हजार ४३, इरानमा १ हजार ४३३, अमेरिकामा २२४, फ्रान्समा ३७२, बेलायतमा १८४ र नेदरल्याण्ड्समा १०६ जनाको मृत्यु भएको छ ।

हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या विश्वभर ११ हजार १८६ जना पुगेको छ भने संक्रमितको संख्या २ लाख ६५ हजार ९७६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!