हिपमत डटकम

बिहिबार, आषाढ ०७, २०८० || 2247  पटक पढिएको

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को जेठ मसान्तसम्म सरकारले तीन खर्ब सार्वजनिक ऋण उठाएको छ । राजस्व सङ्कुचनका कारण स्रोतको दबाबमा रहेको सरकारले चालु आवको सुरुवातदेखि नै खास गरी आन्तरिक ऋण उठाएर व्यवस्थापन गर्दै आएको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार जेठसम्म सरकारले दुई खर्ब २० अर्ब ३८ करोड रुपियाँ आन्तरिक ऋण लिएको छ । सोही अवधिमा ७९ अर्ब ६७ करोड बाह्य ऋणसमेत गरेर तीन खर्ब छ करोड रुपियाँ ऋण लिएको कार्यालयले जानकारी दिएको छ ।

थपिएको तीन खर्बसहित सरकारले तिर्नुपर्ने सार्वजनिक ऋणको समग्र दायित्व २१ खर्ब ७३ अर्ब २४ करोड रुपियाँ पुगेको छ । जसमध्ये १० खर्ब ९९ करोड ७२ लाख रुपियाँ आन्तरिक र १० खर्ब ७३ करोड ५२ लाख रुपियाँ बाह्य ऋण रहेको छ ।

जेठसम्म सरकारले ऋणको साँवा तथा ब्याजबापत दुई खर्ब रुपियाँभन्दा बढी भुक्तानी गरेको छ । कार्यालयका अनुसार समीक्षा अवधिसम्म सरकारले एक खर्ब ६४ अर्ब ४८ करोड रुपियाँ आन्तरिक ऋणको साँवा ब्याज भुक्तानी गरेको छ । जसमध्ये एक खर्ब आठ अर्ब ११ करोड रुपियाँ साँवा र ५६ अर्ब २६ करोड रुपियाँ ब्याज भुक्तानी भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!