काठमाडौं– नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भुसालले नेपाली काङ्ग्रेसको प्रस्तावित विशेष महाधिवेशनलाई लिएर तीखो टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले नेपाली राजनीति काङ्ग्रेस र कम्युनिष्ट नेताहरूको अन्तरपार्टी सिण्डिकेटको नियन्त्रणमा पुगेको आरोप लगाएका हुन् ।

भुसालका अनुसार काङ्ग्रेस काङ्ग्रेसीहरूका लागि र कम्युनिष्ट पार्टी कम्युनिष्टहरूका लागि हुनुपर्ने भए पनि व्यवहारमा यसको ठीक उल्टो देखिएको छ । उनले लामो समयदेखि नेपाली काङ्ग्रेस कम्युनिष्ट नेता ओली र प्रचण्डको स्वार्थअनुसार चलाइएको र कम्युनिष्ट पार्टीहरू कांग्रेस सभापति देउवा र उनको समूहको प्रभावमा परेको दाबी गरेका छन् ।

नेताहरूबीच देखिने आपसी विवाद सतही मात्र भएको उल्लेख गर्दै निर्णायक घडीमा सबै शक्ति एक ठाउँमा उभिएर सत्ता दोहनमा लाग्ने भुसालको आरोप छ । उनले यस प्रवृत्तिलाई पछिल्लो करिब २५ वर्षदेखि ‘दलाल पुँजीवाद’ का रूपमा व्याख्या गर्दै आएका छन् ।

आफ्नै पार्टीभित्र विचार नमिल्नेहरूप्रति असहिष्णु देखिने नेताहरू सत्ता बाँडफाँडमा भने सजिलै अर्को पार्टीका नेतासँग मिल्ने गरेको भुसालको टिप्पणी छ । उनले कवि हरिवंश राय बच्चनको ‘मधुशाला’ कवितालाई उदाहरणका रूपमा प्रस्तुत गर्दै दलाल पुँजीवादले काङ्ग्रेस र कम्युनिष्टलाई एउटै थलोमा राखेको बताए ।

उनका अनुसार यही बिचौलिया तन्त्रका कारण नेपाली राजनीतिमा देखिनुपर्ने स्पष्ट वैचारिक भिन्नता निष्क्रिय बनेको छ । काङ्ग्रेसभित्र गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा विशेष महाधिवेशन हुने चर्चा सन्दर्भमा भुसालले त्यसलाई काङ्ग्रेसको आन्तरिक विषय भनेका छन् ।

तर उक्त महाधिवेशनले यदि राजनीतिक ‘मधुशाला’ भत्काउन सफल भयो भने त्यसले वर्तमान राजनीतिक गतिरोध अन्त्य गर्न महत्वपूर्ण भूमिका खेल्न सक्ने उनको धारणा छ । काङ्ग्रेस पुनः काङ्ग्रेसीहरूको हातमा फर्किए कम्युनिष्ट पार्टी पनि कम्युनिष्टहरूको हातमा जान बाध्य हुने र त्यससँगै विचारको खुला खरिद–बिक्री तथा ‘दलाल पुँजीवादको संयुक्त कार्यालय’ अन्त्य हुने भुसालको निष्कर्ष छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!