बिहिबार, चैत्र ०६, २०७६ || 1005  पटक पढिएको

इलाम सूर्योदय नगरपालिकाकी–१७ वर्षीया आकृति राईको हत्यारालाई पक्राउ गरिएको छ । आकृतिको हत्या गर्ने छिमेकी रोशन राईलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय इलाममा आज पत्रकार सम्मेलन गर्दै हत्यारा सार्वजनिक गरिएको हो । गत मङ्गलबार कक्षा–११ को जाँच दिन विद्यालय हिँडेकी आकृतिलाई बलात्कार गरेर जङ्गलमा लगी हत्या गरेको रोशनले बयान गरेको इलामका प्रहरी प्रमुख हीराबहादुर पाण्डेले जानकारी दिनुभयो । आकृतिको हत्या गरेर माटोमा गाडेको अवस्थामा शव फेला परेको थियो । सूर्योदय नगरपालिका–१३ स्थित पोखरी (किराँत टोल) का पूर्णबहादुर राईकी छोरी आकृति स्थानीय ज्योति मावि कक्षा ११ मा अध्यनरत थिइन् । युवती मङ्गलबार बिहान घरबाट परीक्षा लेख्न भनी हिँडेको तर विद्यालय नपुगेपछि खोजतलास शुरु गरिएको थियो । बुधबार दिउँसो अम्रिसो बारीमा शव फेला परेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले घटनाको मुचुल्का उठाएर शव निकालेको थियो । शव परीक्षणका लागि बिपी स्वास्थ्य प्रतिष्ठान धोपा धरान पठाइएको छ । प्रहरी सामु रोशनले बलात्कार गरेको घटना सार्वजनिक गर्छु भनेपछि आकृतिलाई हत्या गरेको खुलाएका छन् । ढुङ्गाले टाउकोमा प्रहार गरेर हत्या गरेको र आफ्नै गाई बाँध्ने गोठ नजिकै रहेको अम्रिसो बारीमा गरेर खाल्डो खनेर गाडेको रोशनको बयान उदृत गर्दै प्रहरी प्रमुख पाण्डेले बताउनुभयो । शवलाई प्लाष्टिकको बोरामा राखेर माटोमा गाडिएको अवस्थामा फेला पारिएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!