विराटनगर । विराटनगर महानगरपालिकाले विपदबाट हुने क्षति न्यूनीकरण र पूर्वतयारीका लागि युवाहरुलाई समेटेर प्रतिकार्य टोली गठन गरेको छ । विपदको क्षति न्यूनीकरण र पूर्वतयारीका विषयमा महानगरले तीनदिनसम्म तालिम दिएर प्रतिकार्य टोली गठन गरेको हो । उत्थानशील परामर्श सेवाको प्राविधिक सहयोगमा सञ्चालित तालिममा १९ वटै वडाबाट एकजना पुरुष र एकजना महिला सहभागी भएका थिए । तालिममा सहभागी वडा नम्बर १९ का युवा सुमन बञ्चराको संयोजकत्वमा १९ सदस्यीय प्रतिकार्य टोली गठन भएको हो । टोलीको सहसंयोजकमा रविना सुवेदी, सचिवमा दर्शन साह र कोषाध्यक्षमा कुशला काफ्ले रहेका छन् । टोलीले हरेक वडामा पुगेर स्थानीयलाई विपदको क्षति न्यूनीकरणका उपाय र पूर्वतयारीलगायतका विषयमा जानकारी गराउनेछ । त्यस्तै वडास्तरमा समेत विपद युवा प्रतिकार्य टोली गठन गर्ने महानगरको तयारी छ ।

सो अवसरमा भूकम्प, आगलागी, चट्याङ, डुबान, बाढी, हावाहुरीलगायतका विपदबाट हुने क्षति न्यूनीकरणका लागि महानगरले योजनाबद्ध रुपमा काम गरिरहेको मेयर नागेश कोइरालाले बताउनुभयो । ३८ जना सहभागी भएको तालिममा विपद व्यवस्थापनका विज्ञ रामकुमार दाहाल, यसप्रसाद सुब्बा, उत्थानशील परामर्श सेवाका प्रमुख सूर्यकुमार दाहालले सहजीकरण गर्नुभएको थियो । तालिममा सहभागीहरुलाई मेयर कोइराला र उपमेयर शिल्पा निराला कार्कीले प्रमाणपत्र वितरण गर्नुभएको थियो । विपद आइपर्दा स्थानीय स्रोतसाधनको प्रयोग गरेर विपदबाट हुने क्षति कसरी न्यूनीकरण गर्ने, उद्धार, राहत वितरण, प्राथमिक उपचारलगायतका विषयमा प्रशिक्षण दिइएको विपद व्यवस्थापन शाखा प्रमुख अनिता न्यौपाने कोइरालले जानकारी दिनुभयो । उहाँका अनुसार तालिममा सहभागीहरुलाई सैद्धान्तिक र प्रयोगात्मक अभ्याससमेत गराइएको थियो ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!