हिपमत डटकम

शुक्रबार, बैशाख २६, २०८२ || 10443  पटक पढिएको
File Photo

काठमाडौ । बूढानीलकण्ठमा शुक्रबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको विषय चाँडै टुंगिने बताएका छन् ।

बैठकमा नेताहरूले गभर्नर नियुक्तिको विषयमा चासो राखेपछि सभापति देउवाले गभर्नर नियुक्ति चाँडै टुंगो लाग्ने बताएका हुन ।

व्यवसायिक व्यक्तिको हातमा राष्ट्र बैंकको नेतृत्व गए मौद्रिक र वित्त नीतिलाई समन्वयात्मक ढंगबाट अगाडि बढाउन सहज हुने देउवाको आशय थियो । जसका लागि सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधनमन्त्री केपी शर्मा ओलीसँगको सहमतिमा निर्णय हुने काङ्ग्रेस प्रवक्ता डा. प्रकाशरण महतले बताए ।

‘राष्ट्र बैंकको गभर्नर नियुक्तिको विषय पनि निकै ढिला भएको छ भन्ने कुरा चासो त्यहाँ प्रकट भयो । सभापतिज्यूले चाडै टुंगिने र राष्ट्र बैंकको नेतृत्व यस्तो व्यवसायिक व्यक्तिको हातमा जानु पर्‍यो । जसले मौद्रिक र वित्त नीतिलाई समन्वयात्मक ढंगबाट अगाडि बढाउन सकोस् । त्यसको अब चाँडै निर्णय हुन्छ । एउटा सहमतिबाट निर्णय हुन्छ भन्ने कुरा उहाँले राख्नुभएको छ,’ प्रवक्ता महतले भने ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!