हिपमत डटकम

शुक्रबार, बैशाख २६, २०८२ || 1736  पटक पढिएको

काठमाडौं । भारत र पाकिस्तान युद्धका कारण ईन्डियन प्रिमियर लिग स्थगित भएको छ । दुई देशबीचको बढ्दो तनावका कारण बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बिसिसिआई) ले इन्डियन प्रीमियर लिग (आइपिएल) स्थगित गरेको हो ।

दुवै देश एकआपसमा बमबारी र हानाहानमा उत्रेपछि बढेको जोखिम र असुरक्षाका बिसिसिआईले आईपिएल स्थगित गर्नुपरेको जनाएको छ ।

आईपिएलमा हालसम्म ५७ वटा खेल सम्पन्न भइसकेका छन्। अब १२ वटा लिग खेल बाँकी छन्। फाइनल खेल मे २५ तारिखमा हुने तय थियो। यद्यपि, सुरक्षाको कारण देखाउँदै बिसिसिआईले प्रतियोगिता स्थगित गर्ने निर्णय गरेको हो। तर, नयाँ मिति भने घोषणा गरिएको छैन।

बिसिसिआईका एक अधिकारीले पिटिआईसँग कुरा गर्दै भने, ‘देश युद्धको स्थितिमा हुँदा क्रिकेट खेलिनु राम्रो देखिँदैन।’ यही कारण देखाउँदै बोर्डले तत्कालका लागि आइपिएल रोकेको हो।

बिहीबार चेन्नई सुपर किंग्स र कोलकाता नाइट राइडर्सबीचको खेलअघि ‘अपरेशन सिन्दूर’मा सहभागी सुरक्षाकर्मीहरूको सम्मानमा राष्ट्रिय गानसमेत गाइएको थियो। धर्मशालामा चलिरहेको पञ्जाब किंग्स र दिल्ली क्यापिटल्सबीचको खेल पनि रद्द गर्नुपर्‍यो।

खेल चलिरहेको बेलामा पाकिस्तानले जम्मू, पञ्जाब र राजस्थान सीमामा मिसाइल र ड्रोन आक्रमण गरेपछि धर्मशालामा ‘ब्ल्याकआउट’ गरिएको थियो। ‘फ्लडलाइट’ बन्द गरेर दर्शकहरूलाई स्टेडियमबाट बाहिर पठाइयो र खेल आधामा नै रोकियो। त्यो खेल लिगको ५८औं थियो।

५७ खेलपछि अंक तालिकामा गुजरात टाइटन्स र रोयल च्यालेन्जर्स बैंग्लुरु समान १६–१६ अंकसहित अगाडि थिए। तर, रन रेटका आधारमा गुजरात पहिलो स्थानमा थियो।

पञ्जाब तेस्रो, मुम्बई इन्डियन्स चौथो र दिल्ली पाँचौँ स्थानमा थिए। चेन्नई सुपर किङ्स, राजस्थान रोयल्स र सनराइजर्स हैदराबाद भने प्लेअफ दौडबाट बाहिर भइसकेका छन्।

 

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!