बिराटनगर जेसीजको आयोजनामा विद्यालय स्तरिय एक दिने नाटक प्रतियोगिता बिराटनगरको आरोहण गुरुकुलमा सम्पन्न भएको छ । बिराटनगर क्षेत्रका बिधालयहरु सहभागी भएको र बिद्यार्थीलाई वातावरण संरक्षण प्रति सचेत गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको  बिराटनगर जेसीजका अध्यक्ष अभिनास थापाले जानकारी दिए । साथै प्रथम हुँदै जेसि बाल सदनले रु १००००द्वितीय हुँदै बुढानिलकण्ठ स्कुलले रु ७५०० र तृतीय हुँदै एभरेस्ट स्कुलले नगद रु ५००० नगद तथा प्रमाण पत्र र शिल्ड प्राप्त गरेको  अध्यक्ष थापाले जानकारी दिए ।
बिराटनगर क्षेत्रका विद्यालयको सहभागिता रहउक्त प्रतियोगिताले नयाँ पुस्तालाई वातावरण संरक्षणमा जोड्नका लागि आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथी बिराटनगर महानगरपालिकाका उप मेयर शिल्पा निराला कार्की रह्नु भएको कार्यक्रम सयोजक सन्देश कोइरालाले  जानकारी दिए । उक्त कार्यक्रममा‌ सहभागी सबै लाई एक बिरुवा उपलब्ध गराइएको र उक्त कार्यका लागि ूदिगो बिकास ू संस्था संग समन्वय गरेर कार्यक्रमको आयोजना गरिएको र करिब ५०० जना लाई उक्त बिरुवा उपलब्ध गराइएको शृजन रेग्मिले जानकारी दिए ।
उक्त कार्यक्रमको निर्णायकमा बिराटनगर  जेसीज पुर्व अध्यक्ष क्लबका अध्यक्ष देबेश प्रधान ,  बाताबरण बिद शाहिल श्रेष्ठ र कलाकार सुनिता घिमिरे  रहनु भएको थियो ।
कार्यक्रममा बिराटनगर माहनगरपालिकाकि उप प्रमुख शिल्पा निराला कार्कीले सहि समयमा सहि कार्यक्रम जेसीजले आयोजना गरेको र यसले बिद्यार्थीको चौतर्फी बिकासमा सघाउ पुर्याउने भन्दै शुभकामना ब्यक्त गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!