इटहरी। तामाङ जातीको लोपोन्मुख हुँदै गएको भाषा, लिपि, भेषभुषा, कला, संस्कार र संस्कृतीको संरक्षण तथा सम्बर्द्धन गर्ने उद्देश्य सहित निर्माण हुन लागेको फिल्म ‘चारदाम’ को शुभ मुहुर्त गरिएको छ । सोमबार इटहरीको जनता बस्तीमा अवस्थित टासी छोइलिङ गुम्बामा एक औपचारिक कार्यक्रमको आयोजना गर्दै कार्यक्रमका प्रमुख अतिथि नेपाल तामाङ घेदुङ कोशी प्रदेश अध्यक्ष रेख बहादुर तामाङ घिसिङले क्ल्याप, बिशिष्ट अतिथि नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेश अध्यक्ष अरुण कुमार प्रधानले एक्सन कट, फिल्मका मुख्य कलाकार मदन राई र मोहन लोप्चनले संम्बाद बोलेर फिल्मको शुभ मुहुर्त गरिएको हो ।

कोशी भिजनको ब्यानरमा निर्माण गरिने चारदाम फिल्मका निर्देशक तथा लेखकका रुपमा लाखमान योन्जन तामाङ रहेका छन् भने कलाकारहरूमा सुवास योन्जन तामाङ, सुकुमाया मोक्तान तामाङ, मदन राई, मोहन लोप्चन तामाङ्ग, शान्ती पाख्रीन तामाङ, पुर्ण लिम्बू, बालकलाकार सुम्निमा योन्जन तामाङ, डम्बर किमारी मेन्याङ्बो र मेनुका राई लगायत कलाकारको अभिनय रहने जनाइएको छ । फिल्मको छायांकन तथा मुख्य सहायक निर्देशकमा सुमन योन्जन तामाङ, निर्मातामा मैना घिसिङ, मदन राई, मोहन लोप्चन तामाङ रहेका छन् ।

भोजपुर र सुनसरीको विभिन्न स्थानमा छायांकन गरिने फिल्मको सम्पादक हेमन योन्जन तामाङ हुन् भने २ ओटा गीत यो फिल्ममा समावेश गरिने बताईएको छ । शुभ मुहुर्त कार्यक्रममा नेपाल तामाङ घेदुङका संरक्षक मनु मोक्तान, घेदुङकै इटहरी उपमहानगरपालिका समिति अध्यक्ष मोहन लोप्चन तामाङ, नेपाल तामाङ महिला घेदुङ इटहरी उपमहानगरपालिका समिति अध्यक्ष कोपिला घिसिङ तामाङको बिशिष्ट आतिथ्यता रहेको थियो भने फिल्म निर्देशक बिजय सुब्बा, कलाकार हिमाल दाहाल, सुरेन्द्र भुजेल लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!