पथरीशनिश्चरे । ‘नगरपालिकाको सहयोग र भर, घरविहिनलाई सुरक्षित घर’ भन्ने मूल नाराका साथ पथरी शनिश्चरे नगरपालिकाद्वारा निर्माण गरिएका तीन वटा घरहरू हस्तान्तरण गरिएको छ ।
पथरी शनिश्चरे नगरपालिकाद्वारा आर्थिक विपन्नको घर निर्माणको लागि विनियोजित बजेटबाट आवास निर्माण कार्य पूरा भएका ती तीन वटा घरहरु हस्तान्तरण गरिएको हो ।
नगर उप–प्रमुख देविमाया काफ्लेको अगुवाईमा पथरी शनिश्चरे वडा नं. ७ का टिकादत्त लिम्बु, वडा नं. ४ को फुलमाया गिरी र वडा नं. ८ को बिबिमाया विश्वकर्मालाई नवनिर्मित घर हस्तान्तरण गरिएको हो । नगर उप–प्रमुख काफ्लेले हालसम्म १४ वटा घरहरु हस्तान्तरण गरिसकिएको बताउनुभयो ।
घर हस्तान्तरण कार्यक्रममा नगरपालिकाका योजना शाखा प्रमुख शिवकुमार राई, वडा नं. ७ का वडाध्यक्ष उद्धवराज बस्नेत, वडा नं. ४ का वडाध्यक्ष लोककिरण न्यौपाने, कार्यपालिका सदस्य एवं वडा नं. ४ का वडा सदस्य कल्पना श्रेष्ठ, नगरका कर्मचारी तायाहाङ राई र सव–इन्जिनियर रन्जित राजवंशी लगायतको उपस्थिति रहेको थियो ।