पाँचथरको फिदिम नगरपालिका-११ तृतियामा बुधवार भएको पिकअप दुर्घटनामा परी चालकको मृत्यु भएको छ भने अन्य ६ जना घाईते भएका छन् । फिदिम फालोट सडक खण्डमा फिदिमबाट नागिन तर्फ जाँदै गरेको मे १ ज ३०६८ नम्बरको पिकअप गाडी आफै अनियन्त्रीत भई दुर्घटना हुँदा घाईते भएका पिकअप चालक फिदिम-१३ का ३५ बर्षीय बल बहादुर राईको अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । अन्य घाईतेहरुको भने जिल्ला अस्पताल तथा नागिन स्वास्थ्य चौकीमा उपचार भईरहेको छ ।