हिपमत डटकम

शनिबार, जेठ २०, २०८० || 536  पटक पढिएको

विराटरनगर । केहि दिन यता तराईमा गर्मी बढेसंगै सुनसरी र मोरङका स्थानीयतहले विद्यालयहरुमा बिदा दिएको छ । पछिल्लो केही दिनयता तराईका जिल्लाहरुमा तापक्रम बढेपछि मोरङको विराटनगर महानगरपालिका, सुनसीको इटहरी उपमहानगर र इनरुवा नगरपालिकाले विद्यालय बन्द गरेका छन् ।गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा प्रतिकुल असर पार्न सक्ने भन्दै विद्यालय बन्द गराएको स्थानीयहरुले जनाएको छ । आज र भोली विदा दिएको विराटनगर महानगरले पूर्वनिर्धारित परीक्षाका कार्यक्रमलाई भने यथावत राखेको छ ।

इटहरी उपमहानगरले पनि दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । यस्तै इनरुवा नगरपालिकाले एक साताका लागि विद्यालय बन्द गरेको जनाएको छ । यसैबिच जल तथा मौसम विज्ञान फिल्ड कार्यालय विराटनगरका अनुसार गत वैशाखमा ४० दशमलव ५ डिग्री सेल्सीयस तापक्रम रहेकोमा यस महिनामा पनि तापक्रम सोही सरदरमा रहेको छ । तराईमा तातो हावा चल्ने भन्दै मौसमविद्हरूले त्यस क्षेत्रका नागरिकलाई बाहिर ननिस्किन आग्रह गरेका छन् । एक बुलेटिन जारी गर्दै मौसम पूर्वानुमान महाशाखाले यस्तो आग्रह गरेको हो ।

सतर्कता नअपनाए ‘लु’ लाग्नसक्ने महाशाखाले जनाएको छ । “आगामी केही दिनसम्मको देशभरको तापक्रमको अवस्था तथा विश्लेषणअनुसार तराईका धेरैजसो भू–भागमा अधिकतम् र न्यूनतम् तापक्रम क्रमिकरूपमा बढ्दै जाने देखिन्छ । तसर्थ, देशका तराई भू–भागमा आगामी पाँच दिनसम्म तातो हावा तथा लु लाग्न सक्ने सम्भावना रहेकोले सोबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ,” बुलेटिनमा भनिएको छ । साथै पहाडी भेगका उपत्यका तथा खोँचमा समेत तापक्रम क्रमिक रूपमा बढ्न सक्ने सम्भावना रहेकाले मौसम महाशाखाबाट जारी हुने सूचना तथा पूर्वानुमान हेरिरहन अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!