कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट जोगिन आज बिहान सप्तरीका हरुवा चरुवा परिवारका बालबालिकालाई मास्क तथा हात धुने साबुन वितरण गरिएको छ । शम्भुनाथ नगरपालिका र द फ्रिडम फण्डको सहयोगमा श्रीपुर्राज सामुदायिक विकास केन्द्रले शम्भुनाथ नगरपालिका विभिन्न वडाका ७० हरुवा–चरुवा परिवारका बालबालिकालाई मास्क र साबुन वितरण गरेको हो । वडा नं ३ स्थित शम्भुनाथ मन्दिर नजिकै रहेको बालउद्यानमा आयोजित कोरोना भाइरसको सङ्क्रमणको लक्षण र भाइरसबाट जोगिने विधिबारे जनचेतनामूलक अन्तक्र्रियामा सहभागी बालबालिकालाई मास्क र साबुन वितरण गरिएको आयोजक श्रीपुर्राज सामुदायिक विकास केन्द्रका कार्यक्रम संयोजक शारदा चौधरीले जानकारी दिनुभयो । वडा नं ३ का वडाध्यक्ष शत्रुधनप्रसाद चौधरी, वडा सदस्य ध्रुवनारायण चौधरी, श्रीपुर्राज सामुदायिक विकास केन्द्रका अध्यक्ष सुखीलाल चौधरीलगायतले मास्क तथा साबुन वितरण गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!