पोखरा। पोखराको पुम्दिभुम्दीमा स्कुटर दुर्घटना हुदा एकजनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् ।

पोखरा महानगरपालिका वडा नं.२२ पुम्दिभुम्दिको भित्री सडकखण्डमा ग १ ख ३२८७ न. को नगर बस र ग २३ प ३६८६ नं. को स्कुटर एक आपसमा ठक्कर खाई दुर्घटना भएको हो । उक्त दुर्घटनामा मृत्यु हुने स्कुटर चालक कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं.२५ हेम्जा बस्ने ४६ वर्षीय तुल्सी प्रसाद त्रिपाठी रहेका छन् । घाईते भएका त्रिपाठीलाई घटनास्थलबाट तक्काल उद्धार गरि उपचारको लागि पश्चिम क्षेत्रीय अस्पताल पोखरा पठाएकोमा डाक्टरले ३:२५ मा मृत घोषणा गरेको हो ।

यस्तै, स्कुटरको पछाडी सवार कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं.५ मालेपाटन बस्ने २२ वर्षीय शिशिर त्रिपाठी घाईते भएका छन् । उनको हाल गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ।

उनको टाउको र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ।उक्त घटनास्थानमा वडा प्रहरी कार्यालय वैदामबाट प्रहरी निरीक्षक. नेत्र बहादुर कुवँरको कमाण्डमा प्रहरी टोली खटि गई उक्त सवारी साधनहरु नियन्त्रणमा लिई घटनाको थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!