जितेन्द्र ठाकुर

मंगलबार, जेठ ०२, २०८० || 14921  पटक पढिएको

विराटनगर । विराटनगर महानगरपालिकाको अव्यवस्थीत फोहर विसर्जनले सिगों वस्तीनै प्रभावित बन्दै गएको छ ।
महानगरपालिका ६ स्थित ब्रहमपुरा वस्ती अब्यवस्थीत फोहर विसर्जनले प्रभावित बन्दै गएको हो ।

विराटनगरलाई सुन्दर सफा र हराभरा बनाउने नीति बनाएका महानगरको वेवास्ताले डम्पिङ्ग साईडको वरपरका बासिन्दा संगै विद्यालयमा अध्ययन गर्ने बालबालिकाहरुमा नराम्ररी प्रभावित बनेको हो । महानगरले फोहर विसर्जन गर्न बहानामा दैनिक रुपमा आगो लगाउदा गाउँनै धुवाले अन्धकारमय बन्ने गरेको स्थानीयहरुले बताएका छन् । फोहरमा आलो लगाउदा हावा चल्न साथ गाउँ नै अन्धकार हुन्छ ,स्थानीय संदीप चौधरीले भने –‘ महानगरले वास्तै गर्देन्। ‘ धुवाले श्वासप्रक्रियामा समेत असर पुग्ने गरेको उनले बताए ,। वस्तीमा फोहर जलाउने गन्धले बस्न र खान सकिने अवस्था नरहेको उनले बताए । अर्को स्थानीय अनिल चौधरीले जनप्रतिनिधिहरुले डम्पिङ्ग साईडलाई व्यवस्थित गर्न आलटाल गरिरहेको बताए ।

मानवीय संवेदनसिलतालाई जनप्रतिनिधिहरुले किन ख्याल गरिरहेको छैन उनले भने –‘ जनताको सेवक होईनन र ? ।
महानगरको रवैया देखेर पिडित स्थानीयहरु आक्रोसित छन । डम्पिङ्ग साईडको प्रदुषणबाट निस्कने दुर्गन्धको पिडा खेपेर बस्न नसकिने अवस्थाको सिर्जना भएको स्थानीय फुलीया देवि कामतले बताईन् ।व्यक्तीले भाडा दिएको जग्गामा विराटनगरको फोहर मैला विर्सजन हुने गरेको छ । विराटनगरबाट सुनसरी जोडने मुख्य मार्गकै छेउ अर्थात विराटनगर—६ केशलीया खोलामा डम्पिङ्ग साईड अवस्थित छ । त्यही डम्पिङ्ग साईडको पश्चिमतर्फ सुनसरी जिल्लाको बर्जु गाउँपालिकाको रामपुर चौक छ ।

त्यहाँको फोहरको दुर्गन्धले विराटनगर र रामपुरबासी पिडित मात्रै छैनन श्वासप्रश्वासको समस्याले ग्रसित छन । १९ वटा वडा रहेको महानगरमा दैनिक ८० देखी १ सय मेट्रिक टन सम्म फोहर संकलन हुने गरेको छ । दैनिक ४० देखी ५० टयाक्टर फोहर यहाँ फ्याकिने गरेको छ । विराटनगरको फोहर विर्सजन गर्न महानगरले नेपाल फुलवारी , स्वास्थ्य र शान्तिका लागि वातावरण नेपाल र सगरमाथा मल्टि सर्भिस प्रालिलाई ५ बर्षको लागि ठेक्का दिएको बताईएको छ ।
नीजी क्षेत्रलाईसम्झौतामानै विर्सजन गर्ने डम्पिङ्ग साईड आफै प्रबन्ध गर्नुपर्ने शर्त राखेको थियो ।डम्पिङ्ग साईडको विकल्पै नदिई महानगरले ठेक्का लगाएपछि निजी क्षेत्रले व्यक्तीको जग्गा भाडामा लिएर सोही स्थानमा फोहर विर्सजन गर्दै आएका छन ।

फोहर विर्सजन गरिन्छ तर त्यहाँ दुर्गन्ध हटाउने औषधी सम्म छरिदैन संदीप चौधरीले भने –‘ मुख्य सडकभरि यत्रतत्र फोहर छरिएका हुन्छन ।‘ यही सडकको प्रयोग गर्दै दैनिक हजारौ व्यक्ती आवत जावत पनि गरिरहेको उनले बताए । मुख छोपेर हिडनुपर्ने बाध्यता छ उनले भने –‘ त्यती मात्र होइन फोहरमा आगो लगाउदा त्यो दुर्गन्धले वरपरका स्थानीयहरुलाई पिडा सहन पनि गारो भैरहेको छ । ब्रहमपुरा स्थित श्रीधरणीधर निमाविका प्रधानाध्यापक खोम प्रसाद निरौलाले फोहरको गन्ध र धुवाले वतावरण परेको असरले विधार्थीमा नराम्ररी परेको बताए । विधार्थीको वुद्धि विकासमा समेत असर परेको उनले बताए । स्वास्थ्य परिक्षण गर्ने हो भने धेरै विधार्थीमा समस्या आएको हुन सक्ने उनले दावी गरे ।

महानगरको सरसफाई शाखाका प्रमुख पुनम दाहालले व्यवस्थित डम्पिङ्ग साईड निर्माण नभएसम्म यो समस्या रहिरहने बताएका छन् । विराटनगर महानगरपालिकाका मेयर नागेश कोईरालाले वैठक बसेर तत्काल समस्याको समाधान गर्न महानगर लागेको बताए । स्थानीयको समस्या पिडा दायक भएकाले त्यहाँका गन्छ र धुवा नियन्त्रण गर्ने उपाय महानगरले खोज्न लागेको बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!