खबर ठुलो छ
माघ १३ गते चितुवाको आक्रमणबाट ज्यान गुमाउने तनहुँको बन्दीपुर गाउँपालिका–४ लोहीपाखाका दश वर्षीय इशक सुनारको परिवारलाई डिभिजन वन कार्यालय तनहुँले राहत रकम प्रदान गरेको छ । कार्यालयले चितुवाको आक्रमणबाट ज्यान गुमाउने बालकको परिवारलाई आज घरमै पुगेर राहत रकमबापतको रु नौ लाख ५० हजारको चेक प्रदान गरेको हो । कार्यालयका प्रमुख केदार बराल र बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले संयुक्तरुपमा उक्त चेक मृतकका बाबु सुकबहादुर सुनार र आमा पवित्रा सुनारलाई हस्तान्तरण गर्नुभयो । कार्यालयले घटना लगत्तै किरिया खर्चबापत रु ५० हजार र बन्दीपुर गाउँपालिकाले रु ५० हजार उपलब्ध गराएको थियो । नेपाल सरकार वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत वन्यजन्तुको क्षतिको राहत निर्देशिका २०६९ (संशोधित २०७५) बमोजिम वन्यजन्तुको आक्रमणमा परी मानिसको मृत्यु भएमा अधिकतम रु दश लाखसम्म उपलब्ध गराउने नीतिबमोजिम पीडित परिवारलाई राहत रकम प्रदान गरिएको बरालले जानकारी दिनुभयो । बन्दीपुर गाउँपालिकाका अध्यक्ष थापाले अझै पनि यस क्षेत्रमा चितुवाको त्रास रहेकाले अभिभावकले विशेष ख्याल गर्नुपर्नेमा जोड दिँदै भन्नुभयो, “साँझको बेलामा बालबालिकालाई बाहिर निस्कन नदिऔँ ।” डिभिजन वन कार्यालयका प्रमुख बरालले जिल्लाका विभिन्न ठाउँमा चितुवाको आक्रमणबाट बालबालिकाको मृत्यु हुने र घाइते हुने क्रम रहेकाले बालबालिका जोगाउन अभिभावकले ध्यान दिनुपर्नेमा बरालले जोड दिनुभयो । गत माघ १३ गते आमासँग विवाह भोज खाएर फर्कदै गरेको अवस्थामा चितुवाको आक्रमणमा परेर बालकको मृत्यु भएको थियो । घर नजिकै पुग्ने बेलामा आक्रमणमा परेको बालकको शव घरभन्दा ८० मिटर टाढा खोल्सामा फेला परेको थियो । दुई दिन अघि चैत ३ गतेमात्रै चितुवाको आक्रमणबाट तनहुँको शुक्लागण्डकी नगरपालिका–३ बनकेवामा २१ महीनाकी संस्कृति न्यौपाने घाइते भएकी थिइन् । उनको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको र अवस्था सुधारोन्मुख रहेको छ । त्यस्तै फागुन २८ गते चितुवाको आक्रमणबाट तनहुँको बन्दीपुर गाउँपालिका–५ याम्पामा ७ वर्षीय अनुप नेपाली घाइते भएका थिए । उनको पनि अवस्था सुधारोन्मुख छ । चितुवाको आक्रमणबाट तनहुँमा विसं २०७४ फागुन यता नौ बालबालिकाले ज्यान गुमाएका छन् । तीमध्ये सात जना बालबालिकालाई राहतबापतको रकम प्रदान गरिएको र शुक्लागण्डकी नगरपालिका–३ रातमाटाका २२ महिनाका रवीन नेपाली र आँबुखैरेनी गाउँपालिका–१ रानागाउँका ८ वर्षीय पुजन सिंजाली मगरको परिवारलाई राहत प्रदान गर्न बाँकी रहेको डिभिजन वन कार्यालय तनहँुले जनाएको छ । बाँकी दुई बालकको परिवारलाई पनि छिट्टै राहतबापतको रकम प्रदान गरिनेछ ।

बुधबार, चैत्र ०५, २०७६मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
जनमत

आउदो निर्वाचनमा तपाईको मत कुन पार्टीलाई ?

View Results

Loading ... Loading ...
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया