विश्व स्वास्थ्य संगठनका कार्यकारी निर्देशक टेडरोस अधानोम घिब्रीएससले कसैले पनि आफ्नो देशमा को’रोना भा’इरस लाग्दैन भन्ने सोच राख्नु ग’म्भीर ग’ल्ति हुने बताएका छन्। विश्वका बिकसित वा धनी वा कुनै पनि स्त्याट्स भएका देशले अरु देशमा को’रोना भा’इरस लाग्यो तर हाम्रोमा लाग्दैन भन्ने सोच राखेका छन भने त्यो उनीहरुको लागि ग’म्भीर गल्ति हुने उनले बताएका छन। इरानको आ’पतकालीन कार्यक्रममा बोल्ने क्रममा विश्व स्वास्थ्य सं’गठनका कार्यकारी निर्देशक घिब्रीएससले भने, “को’रोना भा’इरसले चाइना पछि सबैभन्दा बढी प्रभावित भएको मुलुकमा इरान देखिएको छ, जुन यहाँका मान्छेको बुझाई भन्दा धेरै फरक छ।

कुनै पनि देशले को’रोना भाइरसको केश देखिदैन भनेर सोच राख्नु घा’तक हुनेछ।” उनले इटाली र अन्य जी सेभेन मुलुकको उदाहरण दिंदै अन्य देशहरुमा समेत आ’श्चर्यजनक रुपमा को’रोना भा’इरस फैलन सक्ने बताए। उनले नेपालको नाम नलिई नेपाल जस्ता देशहरुले आफ्नो देशमा को’रोना भा’इरस देखिदैन भन्ने सोच राख्नु भ’यंकर ठु’लो गल्ति हुने र यसको क्ष’ति अ’कल्पनीय हुने बताएका छन्। अहिले इरान, इटाली र दक्षिण कोरियामा कोरोनाको प्र’भाव धेरै देखिएपनि अन्य देशहरुमा समेत यस्तै हुन् सक्ने कुरालाई न’कार्न नसकिने भएकाले सबै देशले सक्दो तयारि गर्न अपिल गरेका छन्।

विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० ले आगामी जनवरी ३० लाई अन्तराष्ट्रिय आ’पतकाल सं’कटकाल घो’षणा गरिसकेको छ। डब्लुएचओले विश्वका बिभिन्न देशहरुलाई को’रोना भा’इरस प’रिक्षण तथा क्या’रेन्टाईन को व्यवस्था गर्न तथा ज’नचेतना फैलाउन अपिल समेत गरेको छ। डब्लुएचओका महानिर्देशक घिब्रीएससले यो समय ड’राएर बस्ने नभई सक्रमणबाट ब’च्न र मानिसको जीवन ब’चाउन काम गर्ने बेला भएको बताएका छन्। त्यस्तै ड’ब्लुएचओका आ’पतकालीन कार्यक्रम प्रमुख डा. माइक र्यानले इरानमा संक्रमण देखिएका मध्ये १० प्रतिशतको मृ’त्यु भएको पुष्टि गरेका छन्।

यो इरान र त्यस क्षेत्रमा कोरोना भाइरस थप फैलने सक्ने संकेत भएकाले अझ ठुलो क्ष’तिको अपेक्षा गर्न सकिने बताउदै इरानले छिट्टै वास्तबिकता सार्वजनिक गर्ने बताए। विश्व जगतका लागि साझा मु’द्दा भएकाले सबै देशहरु यस बि’रुद्द लाग्नुपर्ने भएकाले जापानले आगामी जुलाईमा हुने ओलपिम्क खेलबारे तत्कालै कुनै ठो’स निर्णय नगर्नेमा आफु विश्वस्त भएको डा. र्यानले बताएका छन्। उनले आगामी जुलाईमा जापानमा हुन् गइरहेको ओलम्पिक खेलको मिति सार्ने बिषयमा समेत कुराकानी भइरहेको उक्त कार्यक्रममा जानकारी दिएका छन् ।

विश्वभर म’हामारीको रुपमा फैलिएको को’रोना भा’इरसका कारण पछिल्लो २४ घन्टामा मात्र ८ सय २० जनाको मृ’त्यु भएको छ । इटली, स्पेन, इरानमा मात्र ६ सय ७१ जनाको मृ’त्यु भएको छ ।इटलीमा ३ सय ४५ जनाको मृ’त्यु भएको छ भने ३ हजार ५ सयभन्दा बढी नयाँ सं’क्रमित देखिएका छन् । यस्तै युरोपमा इटलीपछि सबैभन्दा बढी स्पेनमा १ सय ९१ जनाको मृ’त्यु भएको छ । स्पेनमा १ हजार ८ सय ८४ जना नयाँ संक्रमित भेटिएका छन् । यता, इरानमा १ सय ३५ जनाको मृ’त्यु भएको छ भने १ हजार १ सय ७८ जना नयाँ संक्रमित भेटिएका छन् ।

पछिल्लो २४ घन्टामा फ्रान्समा २७, अमेरिकामा २५, नेदरल्यान्ड्समा १९, बेलायतमा १६ जनाको मृत्यु भएको छ ।कोरोना भाइरसका कारण हालसम्म ७ हजार ९ सय ८१ जनाको मृ’त्यु भइसकेको छ ।मृत्यु हुनेमा सबैभन्दा बढी चीनका ३ हजार २ सय ३७, इटलीमा २ हजार ५ सय ३, इरानमा ९ सय ८८, स्पेनमा ५ सय ३३, फ्रान्समा १ सय ७५, अमेरिकामा १ सय ११, दक्षिण कोरियामा ८४, बेलायतमा ७१, नेदरल्याड्समा ४३, जर्मनीमा २६ जनाको मृ’त्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!