”एकका लागि सबै , सबैका लागि एक“ भन्ने मुल नाराका साथ माेरङकाे रंगेली नगरपालिका ७ मा रहेको मेलिना गेष्ट हाउसमा शुक्रबार देखि सहकारी व्यवस्थापन गर्नेका लागि ६ दिने अाधारभुत तालिम सम्पन्न भएको छ । उक्त तालिममा रंगेली नगरपालिका ,सुनवर्सि नगरपालिका ,रतुवामाई नगरपालिका र धनपालथान गाउँ पालिका मा रहेका सहकारी हरु मध्येे सफल र उत्कृष्ट व्ययवसाय समेत गरिरहेेेका सहकारी हरु मध्ये २५ बटा सहकारीका प्रतिनिधि लाई समावेश गरेर ६ दिने सहकारी व्यवस्थापन सम्धी अाधारभुत तालिम सम्पन्न भएको छ । समापन कार्यक्रम का प्रमुख अतिथि जिल्ला सहकारी संध माेरङका अध्यक्ष डिल्ली पाेख्रेल अतिथि राकेश दाहाल,सद्भाव बचत का अध्यक्ष एवम् ईन्जिनियर कमलेश्वर ठाकुर, रामनारायण मंन्डल, विभिन्न सहकारी का सदस्य लागायत काे समेत उपस्थिति रहेको थियोे । सहकारी सञ्चालन गर्ने ब्यक्ति हरुलाई सहकारी का बारेमा जानकारी नहुदा पछिल्लो समयमा धेरै सहकारी संस्था हरु बन्द भएको हुनाले यस्तो प्रकारको अाधारभुत तालिम ग्रामीण क्षेत्रमा रहेका सहकारी का सहभागी हरुलाई तालिम पछि ब्यवहारमा लैजानु पर्ने र अरु सहकारी हरुलाई समेत तालिमको बारेमा जानकारी गराएर सबै लाई जागरुप गराउन समेत अाग्रह गरेका छन । उक्त कार्यक्रम काे प्रशिक्षक नरेन्द्र पराजुली ,रमेश ठकाल,हर्कुलस पाेख्रेल, लागत ले तालिमको प्रशिक्षण गराएका थिए । उक्त कार्यक्रम सहभागी हरुकाे तर्फ हरु बाट प्रमुख अतिथि, अतिथि तथा एभिन्युज टेलिभिजन का रंगेली का रिपाेटर रबिन्द्र बराल लाई समेत मायाकाे चिनाे र दाेहल्ला अाेडाएर सम्मान समेत गरिएको थियोे ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!