कोरोना भाइरस विरुद्धको सचेतना अभियान अन्तर्गत राष्ट्रिय युवा संघ नेपाल बिराटनगर महानगर कमिटीले जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । कमिटीले विराटनगर बसपार्कमा रहेका यात्रु तथा सर्वसाधारणहरुमा स्यानिटाइजरको प्रयोग विधि तथा केही थान मास्क समेत बितरण गरेको थियो । कार्यक्रममा बोल्दै महानगर अध्यक्ष सुशील रिजालले आम नागरिकलाई सरसफाइमा विशेष ध्यान दिन आग्रह गरे । त्यस्तै कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य मुकेश बुढाथोकीले राष्ट्रिय युवा संघ नेपालले यस्ता जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने बताए । यता राष्ट्रिय युवा संघ नेपाल मोरङ जिल्ला कमिटीले समेत स्यानिटाइजर, मास्क, औषधिहरुको कालोबजारी नियन्त्रण गर्न तथा स्वास्थ सम्बन्धि सचेत रहन आम सर्वसाधारणमा आग्रह गर्दै दैनिक कार्यक्रमहरु सन्चालन गर्दै आएको जिल्ला संयोजक नवीन पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!