प्रदेश नं ५ प्रदेशसभाको आजको बैठकको विशेष समयमा सदस्यहरुले कोरोना भाइरसको जोखिमबाट बच्नका लागि उच्च सर्तकता अपनाउनुपर्नेमा जोड दिएका छन् । उनीहरुले असिना पानीबाट किसानलाई भएको नोक्सानीको क्षतिपूर्तिको मागसमेत गरेका छन् । प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले कोरोना भाइरससँगै डेङ्गुको व्यवस्थापन गर्न आवश्यक भएको उल्लेख गर्दै लुम्बिनीलाई शान्ति शहर बनाउने योजना कार्यान्वयन हुन नसकेकोमा चिन्ता व्यक्त गर्नुभयो । उहाँले कैदीको व्यवस्थापन गर्ने ‘मोडेल कारागार’ को अवधारणा किन कार्यान्वयन हुन सकेन ? भनी सरकारसँग प्रश्न गर्नुभयो । प्रदेशसभा सदस्य डिल्ली चौधरीले कोरोना भाइरसको तयारीका विषयमा सरकारको तयारीबारे सदनलाई जानकारी माग गर्दै प्रदेशसभाले निर्माण गरेका कानूनको प्रभावकारी कार्यान्वयन हुनुपर्ने बताउनुभयो । सदस्य रामजी घिमिरेले अर्घाखाँचीको शीतगङगा र भूमिकास्थान गाउँपालिकामा असिना पानीका कारण दुई जनाको मृत्यु भएको र त्यस क्षेत्रका किसानको सम्पूर्ण बालीनाली नष्ट भएकाले स्थलगत अध्ययन गरी तत्काल राहत वितरण गर्नुपर्ने माग गर्नुभयो । अर्का सदस्य धनकली चौधरीले दाङ क्षेत्र नं १ मा असीना पानीले क्षति पु¥याएकाले किसानलाई क्षतिपूर्तिको माग गर्नुभयो । सदस्य विजयबहादुर यादवले मधेसी समुदायभित्रका सूचीकृत जातिलाई सुविधाबाट वञ्चित गरेको आरोप लगाउनुभयो । सदस्यहरु वीरबहादुर राना, फकरुद्दिन खान, कुलप्रसाद पोखरेल, रुपा विक र धर्म बहादुरलाल श्रीवास्तवले प्रदेशको समसमायिक विषयवस्तुबारे सरकारको ध्यानाकर्षण गराउनुभयो । सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिँदै सामाजिक विकास मन्त्री सुदर्शन बरालले कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि प्रदेश सरकारले योजना निर्माण गरेको उल्लेख गर्दै प्रदेशको १५ वटा नाकामा हेल्थ डेस्क स्थापना गर्नुका साथै हालसम्म १५ हजार ७३५ को ‘स्क्रीनिङ’ गरिएको जानकारी दिनुभयो । उहाँले प्रदेशका १५ अस्पतालमा आइसोलेसन वेड स्थापना भएको उल्लेख गर्दै ८३ वेड तयारी अवस्थामा राखिएको छ भन्नुभयो । “हामी सङ्घीय सरकारको योजनामा आइसोलेसन अस्पताल बनाउने तयारीमा छौँ” उहाँले भन्नुभयो । त्यस्तै भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले सडक निर्माण मर्मत सम्भार तथा विस्तार गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक बैठकमा पेश गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!