हिपमत डटकम

आइतबार, चैत्र १९, २०७९ || 711  पटक पढिएको

विराटनगर । नेकपा (एमाले) निकट नेपाल उद्योग तथा व्यवसाय महासंघ विराटनगरको अध्यक्षमा विरेन्द्र कार्की चयन भएका छन् । शनिबार विराटनगरस्थित इन्द्रणी पार्टी प्यालेसमा नेकपा (एमाले) का पोलिटब्युरो सदस्य विशाल भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न प्रथम अधिवेशनबाट महासंघ विराटनगर महानगर कमिटीको अध्यक्षमा कार्की सर्वसम्मत चयन भएका छन् ।

त्यस्तै महानगर कमिटीको उपाध्यक्षमा श्रीप्रकाश तोत्ला, उर्मिला तिम्सिना, सचिवमा नन्दुकुमार खवास, उपसचिवमा प्रतिमा ओझा, यमन निरौला, अनन्त निरौला, कोषाध्यक्षमा जिवन् खड्का र सह–कोषाध्यक्षमा तुलसी गोयल चयन भएका हुन् ।

त्यसैगरी सदस्यहरुमा तेजु श्रेष्ठ, अजय धाडेवा, इशा पौडेल, मनिषा माझी, रिता साह, सन्ध्या थापा (लामिछने), लक्ष्मी पोखरेल, अर्चना थापा मगर, नितेश सारडा, चन्दनकुमारी दास, शम्भु अटल, मनोज शर्मा, भागवत नेपाल र रमेशकुमार साह चयन भएको नेपाल उद्योग तथा व्यवसाय महासंघ विराटनगरका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

अधिवेशनबाट निर्वाचित कमिटीका पदाधिकारी र सदस्यहरुलाई नेपाल उद्योग तथा व्यवसाय महासंघका केन्द्रीय सदस्य तथा मोरङका इन्चार्ज चेतन निरौलाले सपथग्रहण गराएका थिए ।

सो अवसरमा बोल्दै नेकपा (एमाले) का पोलिटब्युरो सदस्य विशाल भट्टराईले सम्पूर्ण उद्योगी व्यवसायी संगठीत हुनुपर्नेमा जोड दिए । उनले नेपाल उद्योग व्यवसायी महासंघले आम उद्योगी व्यवसायीक हक अधिकारका लागि लड्दै आएको बताए ।
कार्यक्रममा नेपाल उद्योग तथा व्यवसाय महासंघका केन्द्रीय सदस्य तथा मोरङका इन्चार्ज निरौला, विराटनगर महानगर कमिटीका निवर्तमान अध्यक्ष अधिकारी, जिल्ला कमिटी उपसचिव खेमराज नेपालले नवनिर्वाचित कमिटीका पदाधिकारी र सदस्यहरुलाई बधाई तथा शुभकामना दिँदै संगठनलाई शसक्त ढंगले अगाडी बढाउन सुझाव दिए ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!