हिपमत डटकम

शुक्रबार, चैत्र १७, २०७९ || 13066  पटक पढिएको

काठमाडौं । नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको आर्थिक समस्या समाधानका लागि सबै राज्यसंयन्त्र लागेर समाधान गर्ने बताउनुभएको छ । पद तथा गोपनीयताको शपथग्रहणपछि मन्त्रालयमा शुक्रबार पदभार ग्रहण गर्दै अर्थमन्त्री महतले त्यस्तो बताउनुभएको हो ।

मुलुकको अर्थतन्त्र विभिन्न असरका कारण सङ्कटमा रहेको भन्दै समस्याग्रस्त अवस्थाको अर्थतन्त्रलाई सुधार गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो । सरकारको साधारण खर्च कटौती गर्ने, प्राथमिकीकरण गरेर मात्रै सरकारले खर्च गर्ने उहाँले बताउनुभयो । अर्थमन्त्री महतले सरकारले खर्च गर्न सक्ने क्षमता बढाएर लगानी बढाउँदै राजश्वको दायरा बढाउने उहाँले चर्चा गर्नुभयो ।

राजश्व र कर सङ्कलनका लागि सरकारले करकाप नगर्ने उहाँको भनाइ छ । उहाँले अर्थतन्त्रलाई आन्तरिक रूपमा चलायमान बनाउन मन्त्रालयले सक्रियता देखाउनुपर्ने आवश्यकता ठानेको बताउनुभयो । लघुवित्त र सहकारीमा समस्यामा रहेको भन्दै राष्ट्र बैङ्कसँग समन्वयगरी सहकार्य गरेर समस्या समाधान गर्ने उहाँले बताउनुभयो ।

अर्थमन्त्री महतले जनतामा छाएको निराशालाई आशामा बदल्दै सकारात्मक सोचका साथ लगानी गर्न निजी क्षेत्रलाई आग्रह गर्नुभयो । सङ्कटमा रहेको अर्थतन्त्रमा सुधार गर्न आफू जस्तोसुकै कठोर निर्णय गर्न पछि नपर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

अर्थमन्त्री डा. महतले पहिलो निर्णयका रूपमा नगद प्रवाहसम्बन्धी समिति गठनसम्बन्धी फाइलमा हस्ताक्षर गर्नुभयो । सरकारको नगद प्रवाहअनुसार हरेक महिनामा भएको आम्दानी र खर्चको स्टेटमेन्ट तयार गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!