हिपमत डटकम

बुधबार, चैत्र १५, २०७९ || 1781  पटक पढिएको

काठमाडौं। कप्तान लियोनेल मेस्सीले ह्याट्रिक पूरा गरेसँगै अर्जेन्टिनाले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा कुराकाओमाथि सानदार जित निकालेको छ । बुधबार बिहान भएको खेलमा अर्जेन्टिनाले कुराकाओलाई ७-० गोलले हरायो ।

एकपक्षीय खेलमा अर्जेन्टिनाको जितमा मेस्सीले ह्याट्रिक पूरा गर्दा निकोलस गोन्जालेज, एन्जो फर्नान्डेज, एन्जल डि मारिया र गोन्जालो मोन्टिएलले एक एक गोल गर्नुभयो ।

पहिलो हाफमा पाँच गोल गरेको अर्जेन्टिनाले दोस्रो हाफमा दुई गोल थपेको थियो । २०औँ मिनेटमा गोलको खाता खोल्नुभएका मेस्सीले ३३औँ र ३७औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गर्नुभएको हो । मेस्सीको ३७औँ ह्याट्रिक हो ।

यस्तै निकोलसले २३औँ, एन्जोले ३५औँ, डि मारियाले ७८औँ र गोन्जालोले ८७औँ मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई फराकिलो जित दिलाउनुभयो ।

यसैगरी मंगलबार राति भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बेल्जियमले जर्मनीलाई ३-२ गोलले पराजित गरेको छ । बेल्जियमको जितमा यान्निक कारास्को, रोमेलु लुकाकु र केभिन डि ब्रुयनले गोल गर्नुभयो । जर्मनीका निकलस फुलक्रुग र सर्ज जिनाब्रीले एक एक गोल गर्नुभएको थियो । एजेन्सी

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!