हिपमत डटकम

शुक्रबार, चैत्र ०३, २०७९ || 909  पटक पढिएको

विश्वको छत अर्थात् सगरमाथामा लगातार ब्याक्टेरिया र फङ्गस जम्मा भइरहेका छन् । त्यो पनि मानिसले खोक्दा र हाच्छिउँ गर्दा निस्कने ब्याक्टेरियाले । वैज्ञानिकले सगरमाथाको माटोमा यस्ता ब्याक्टेरिया र फङ्गस लगातार भेटिरहेका छन् जुन पर्वतारोहीको नाक र मुखबाट निस्कने गर्छ ।

खोक्दा वा हाच्छिउँ गर्दा निस्कने ब्याक्टेरिया र फङ्गस सबैभन्दा बढी मात्रामा सगरमाथाको साउथ कोल बेस क्याम्प र बाटोमा भेटिएको छ किनभने सबैभन्दा बढी पर्वतारोही यसै बाटो हुँदा सगरमाथा आरोहण गर्ने गर्छन् । अत्यधिक चिसो मौसम र कम तापक्रममा यी ब्याक्टेरिया र फङ्गस थुप्रै शताब्दीसम्म आफैँ जीवित रहन सक्छन् ।

युनिभर्सिटी अफ कोलोराडो बोल्डरमा माइक्रोबियल इकोलोजिस्ट निकोलस ड्र्यागनले धर्तीको सबैभन्दा अग्लो स्थान जहाँ मौसम यति प्रतिकुल छ, त्यहाँ पनि कीटाणु जीवित भइरहेको बताएका छन् ।

निकोलस र उनको टोलीले सगरमाथाको ७९०० फिट उचाइमा सबैभन्दा बढी ब्याक्टेरिया–फङ्गस भेटेका छन् । साधरणतया नाक र घाँटीबाट निस्कने ब्याक्टेरिया–फङ्गस जस्तै स्टेफाइलोकोकस र स्ट्रेप्टोकोकस तातो मौसमको खोजीमा रहन्छन् । तर सुख्खा, कठिन र चिसो मौसममा पनि यी जीवित भइरहेका छन् । हाल सुतिरहेका छन् तर सही मौसम पाउने बित्तिकै यी सक्रिय हुन्छन् ।

निकोलसका अर्का साथी स्टिवन स्मिटले सगरमाथाको माइक्रोबायोममा मानिसद्वारा उत्सर्जित ब्याक्टेरिया–फङ्गसले आफ्नो स्थान बनाएको छ । कुनै पनि पर्वतारोहीले जतिसुकै मास्क, गियर लगाउन् तर उनीहरुले यस्ता कीटाणु छोड्ने गर्छन् । सगरमाथाबाट ल्याइएको माटोको स्याम्पलको अनुसन्धान एन्डिज, हिमालय र अन्टार्कटिकामाथि अध्ययन गर्ने अन्य वैज्ञानिकले पनि गरे । उनीहरुले पनि मानिसले छोडेका कीटाणु सगरमाथामा भएको पुष्टि गरेका छन् ।

स्टेफाइलोकोकस र स्ट्रेप्टोकोकस साधरणतया माटोमा मिल्छ । तर यी तिनै ब्याक्टेरियासँग मिल्छन् जुन हाम्रो छाला र मुख भित्र बस्छन् । बेसदेखि ८००० फिटसम्मको उचाइमा यसको सङ्ख्या धेरै छ । यहाँसम्म कि ५५८ फिटमा हाच्छिउँ गर्दा निस्कने ब्याक्टेरिया सबैभन्दा धेरै पाइएको छ । साधरणतया यहीँ बेस क्याम्प हुन्छन् । त्यसपछि मानिस आरोहण गर्न सुरु गर्छन् ।

सगरमाथाको साउथ कोलको तापक्रम वर्ष भरी औसतमा माइनस १० डिग्री सेल्सियस रहन्छ । योभन्दा माथि कमै जान्छ । हावामा पनि यत्तिकै तापक्रमको चिसो रहन्छ । यदि तापक्रमले थोरै साथ दियो र पानी बग्न थाल्यो भने ब्याक्टेरियाले बग्ने मौका पाउँछ । साउथ कोलको अधिकतम तापक्रम हालसम्म माइनस १.४ डिग्री सेल्सियस रेकर्ड गरिएको छ । अर्थात् भविष्यमा यो स्थानमा जुन सूक्ष्म जीव अहिले त्यहाँ सक्रिय छैनन् तर तिनीहरू भविष्यमा सक्रिय हुन सक्छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!