मंगलबार, चैत्र ०४, २०७६ || 597  पटक पढिएको

यहाँ कोरोना भाइरसका शङ्कास्पद बिरामीलाई उपचार गर्न ७५ श्ययाको आइसोलेसन वार्ड बनाइने भएको छ । जिल्ला प्रशासन कार्यालयले सोमबार पत्रकार सम्मेलन गरी यहाँको ठूलो सरकारी अस्पताल भरतपुर अस्पताल र दुई मेडिकल कलेज एवं निजी अस्पतालमा ती वार्ड व्यवस्थापन गर्न लागेको जनाएको छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईका अनुसार भरतपुर अस्पतालमा हाल सञ्चालनमा रहेका १९ श्ययालाई थप गरी २० पु¥याइने, दुई मेडिकल कलेजमा २०÷२० श्ययाको छुट्टै कक्ष बनाइने र निजी अस्पतालमा १५ श्यया व्यवस्थापन गरिने छ । जिल्लामा आएका शङ्कास्पद बिरामीलाई राख्नका क्वारेन्टाइन निर्माणका लागि स्थानको खोजी भइरहेको छ । उहाँले भन्नुभयो, “शङ्कास्पद बिरामीलाई राख्नका लागि क्वारेन्टाइन बनाउने ठाउँको खोजीमा छौँ । सम्भवतः छिट्टै टुङ्गिने छ ।” जिल्ला प्रशासन कार्यालयले सबै चनाखो भएर पूर्वतयारी गर्न आग्रहसमेत गरेको छ । प्रशासनले जिल्लामा भित्रने नाकामा कडाइ गर्न लागेको छ । विदेशी नागरिक प्रवेश गर्न सक्ने नाका भरतपुर विमानस्थल, पर्साको ठोरी हु्ँदै माडी जोड्ने नाकामा जाँचको व्यवस्था मिलाइएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । पत्रकार सम्मेलनमा सङ्क्रमण हुन नदिन र भइहालेमा आवश्यकतानुसार एम्बुलेन्स प्रयोग गर्न सक्ने गरी तयारी गरिएको, जनचेतनामूलक कार्यक्रम गर्न लगाइएको, सङ्घ, प्रदेश र स्थानीय तहसँग समन्वय भइरहेको जानकारी दिइएको थियो । यस्तै स्वास्थ्यकर्मीलाई अत्यन्त जरुरी कामबाहेक बिदा नबस्न पत्राचार गरिएको, त्रास फैलाउने मनसायले सामाजिक सञ्जालमा सूचना सम्प्रेषण गर्ने व्यक्तिलाई कारवाही अघि बढाइएको, पारिवारिक भेटघाटबाहेक अन्य जमघटका कार्यक्रम नगर्न निर्देशन दिइएको र कालोबजारी नियन्त्रणका लागि घोषित तथा अघोषित अनुगमनलाई तीव्र बनाइएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । बजारमा कृत्रिम अभाव सिर्जना गर्नेलाई शून्य सहिष्णुता अपनाएर कारवाही गरिने प्रशासनले जनाएको छ । बजारमा अहिले माक्सको अभाव भएको भए पनि यसलाई व्यवस्थित गर्नका लागि कार्यालयले सङ्घीय सरकारसँग आग्रह गरेको सो अवसरमा जानकारी दिइएको थियो । नेपालगञ्ज– कोरोना भाइरसविरुद्ध पूर्वतयारी अपनाउँदै बाँकेमा टास्कफोर्स गठन गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको आयोजनामा सोमबार बसेको सरोकारवालाको समन्वयात्मक बैठकले प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काको संयोजकत्वमा टास्कफोर्स र व्यवस्थापन समिति गठन गरेको हो । बैठकले नगरप्रमुख डा धवलशम्शेर राणाको संयोजकत्वमा आकस्मिक कोष व्यवस्थापन समिति, भेरी अस्पतालका प्रमुख डा प्रकाश थापाको संयोजकत्वमा मेडिकल समिति र स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजङ्ग शाहको संयोजकत्वमा रोकथाम तथा नियन्त्रण समिति गठन गरिएको छ । बैठकमा कोरोना भाइरसविरुद्ध पूर्वतयारीका लागि आकस्मिक कोषमा नेपालगञ्ज उपमहानगरपालिकाको तर्पmबाट रु ३० लाख, बाँके जिल्ला समन्वय समितिले रु ३० लाख, कोहलपुर नगरपालिकाले रु २० लाख, छ गाउँपालिकाले रु १०÷१० लाख र नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले रु २० लाख सहयोग गर्ने निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!