बिराटनगर। नेपाल उद्योग वाणिज्य महासंघ कोसी प्रदेशको अध्यक्षमा बरिष्ठ उद्योगी राजेन्द्र राउतले दावेदारी प्रस्तुत गरेका छन् । झापाको विर्तामोडमा २०७९ चैत्र ९ गते नेपाल उद्योग वाणिज्य महासंघ कोसी प्रदेशको ५औं साधारण सभा र तेस्रो अधिवेशन हुने कार्यक्रम तय भएको छ ।

बरिष्ठ उद्योगी राउत नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रिय सदस्य र महासंघ कोसी प्रदेशका उपाध्यक्ष हुन् । नेपाल उद्योग वाणिज्य महासंघको विधानले जिल्ला तथा नगर उद्योग वाणिज्य संघको अध्यक्ष भईसकेका पदाधिकारी प्रदेश महासंघको अध्यक्ष पदमा चुनाव लड्न पाउने व्यवस्था गरिएको छ । महासंघको कोसी प्रदेशको अध्यक्ष बन्नकोलागि बरिष्ठ उद्योगी राउत केही समय अगाडी उदयपुर उद्योग वाणिज्य संघको सर्वसम्मत अध्यक्ष निर्वाचित भएको छ ।

महासंघको कोसी प्रदेशको ५औं साधारण सभा तथा तेस्रो अधिवेशनमा २१२ एसोसिएसेट उद्योग प्रतिनिधि, ३७ वटा जिल्ला तथा नगर उद्योग वाणिज्य संघको पदाधिकारी र १३ वटा बस्तुगत संघका प्रतिनिधिहरु मतदाताको रुपमा सहभागिता जनाउन पाउने छ । अधिवेशनमा अध्यक्ष १, उपाध्यक्ष २, कोषाध्यक्ष १ र कर्यसमिति सदस्य ११ गरेर १५ जनाको कार्यसमिति निर्वाचित हुने व्यवस्था छ ।

जसमा १ महिला अनिवार्य निर्वाचित हुने व्यवस्था छ । अधिवेशनबाट ९ जना कार्यसमिति सदस्य निर्वाचित हुने र नवनिर्वाचित अध्यक्षले २ जनालाई कार्यसमिति सदस्यमा मनोनयन गर्ने नेपाल उद्योग वाणिज्य महासंघको विधानले व्यवस्था गरेको महासंघको कोसी प्रदेश कार्यालयका कार्यकारी निर्देशक राधारमण भण्डारी (श्याम) ले जानकारी गराए । बरिष्ठ उद्योगी राउत कोसी प्रदेश सरकारका पूर्वमुख्यमन्त्री राजेन्द्र राईको आर्थिक सल्लाहकारको रुपमा काम गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!