हिपमत डटकम

मंगलबार, फाल्गुण ३०, २०७९ || 4493  पटक पढिएको

काठमाडौं । लगानी बोर्डको कार्यालयले आगामी भदौमा लगानी सम्मेलन गर्ने भएको छ ।

बोर्ड कार्यालयले सम्मेलनसम्बन्धी अवधारणापत्र प्रधानमन्त्री तथा मन्त्रिपरिष्द कार्यालयबाट स्वीकृत गराएर आवश्यक तयारीका कामहरू गरिरहेको जनाएको छ ।

लगानी बोर्डका हालसम्मका उपलब्धि, नेपालमा लगानीका नयाँ सम्भावित परियोजना, लगानी प्रवद्र्धनमा बोर्ड कार्यालयको प्रवर्द्धनात्मक भूमिका, योजनालगायतका विषयमा सर्वपक्षीय छलफल तथा संवाद गर्ने गरी सम्मेलन गर्ने तयारी शुरु भएको हो ।

बोर्डले अहिले लगानी सम्मेलनका पूर्वतयारीका काम गरिरहे पनि सम्मेलन सम्बन्धमा बोर्ड बैठकले भने निर्णय गरिसकेको छैन ।

बोर्डले सम्मेलनमा प्रदर्शन गर्ने सकिने परियोजना पठाउन प्रदेश सरकार तथा संघीय मन्त्रालयहरूलाई पनि पत्राचार गरेको छ ।

त्यस्तै सम्मेलनमा आमन्त्रण गर्ने विदेशी लगानीकर्ता, विज्ञ, दातृ निकाय, कूटनीतिक नियोगहरू, स्वदेशी निजी क्षेत्र, उच्च पदस्थ अधिकारीलगायतको सूची बनाउने काम भइरहेको जनाइएको छ ।

सम्मेलनलाई सफल बनाउन हाल चरणबद्ध कार्ययोजना निर्माण भइरहेको र सोही योजनाअनुसार सम्मेलनलाई प्रभावकारी रूपमा सम्पन्न गर्ने दिशामा बोर्ड कार्यालय लागिरहेको बोर्डले जनाएको छ ।

लगानी बोर्डले अध्ययन गरेर कार्यान्वयनयोग्य मानिएका परियोजनालाई सो केसमा राख्ने तयारी बोर्डको छ । सम्मेलनमा विश्वभरका सम्भावित लगानीकर्ता दातृ निकाय विज्ञ तथा सरोकारवालालाई सहभागी गराउने तयारी छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!