हिपमत डटकम

सोमबार, फाल्गुण २९, २०७९ || 9395  पटक पढिएको

बिराटनगर। मोरङ व्यापार संघको पहलमा काठमाडौं केन्द्रित आन्दोलन सुरु भएको छ । संघका अध्यक्ष नविन रिजालको नेतृत्वमा उद्योगी तथा व्यवसायीले सोमबार काठमाडौंको बालुवाटारस्थित नेपाल राष्ट्र बैंको केन्द्रिय कार्यालयमा धर्ना दिएका छन् ।

फागुन २७ गते मोरङ व्यापार संघको पहलमा काठमाडौंमा भेला भएका देश भरीका नेपाल उद्योग वाणिज्य संघसँग आवद्ध पदाधिकारीहरुले चर्के बैंक ब्याजदर र नेपाल राष्ट्र बैंकको गलत नितिका विरुद्ध काठामाडौं केन्द्रित आन्दोलन गर्ने निर्णय गरेको थियो । र भेलालले मोरङ व्यापार संघका अध्यक्ष नविन रिजाललाई आन्दोलनको संयोजक तोकेको छ ।

संघका निवर्तमान अध्यक्ष प्रकाश मुन्दडा, बरिष्ठ उपाध्यक्ष अनुपम राठी, कार्यसमिति सदस्य गोपाल अग्रवाल, मनिष मारु र विनित सिंघानियाले अध्यक्ष रिजाललाई आन्दोलनमा साथ दिइरहेका छन् । संघका अध्यक्ष रिजालले चर्को बैंक ब्याजदर विरुद्ध नेपाल राष्ट्र बैंकले अविलम्बन गरेको गलत निति परिमार्जन नभएसम्म काठमाडौं केन्द्रित आन्दोलन जारी रहने उदघोष गरेका छन् ।

मोरङ व्यापार संघले काठमाडौंमा जारी राखेको आन्दोलनमा सहभागि हुन विराटनगरका उद्योगी व्यवसायी काठमाडौं जाने क्रम जारी छ । संघका प्रमुख प्रशासकिय अधिकृत कृष्ण रेग्मीले सोमबार नेपाल राष्ट्रय बैंकको धर्नापछि थप आन्दोलनको कार्यक्रम घोषणा गर्ने बताए ।

 

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!