सोमबार, चैत्र ०३, २०७६ || 1130  पटक पढिएको

मालिकार्जुन गाउँपालिका–२ मा ३० वर्षपछि बृहत् खानेपानी तथा सरसफाइ योजना शुरु भएको छ । गाउँपालिका र ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाअन्तर्गत भगवती खानेपानी तथा सरसफाइ योजना शुरु भएको हो । वर्षौंदेखि खानेपानी समस्या झेल्दै आएका बस्तीका लागि खानेपानी योजना शुरु गरिएको छ । भगवती खानेपानी तथा सरसफाइ योजनाअन्तर्गत सिराड बस्ती र ठिङ बस्तीका गरी १६९ घरधुरीमा खानेपानी पहुँच पु¥याउने उद्देश्यले योजना शुरु गरिएको ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाका सहयोगी संस्था सामुदायिक ग्रामीण विकास समाज नेपालका फिल्ड संयोजक रवीन्द्रसिंह धामीले जानकारी दिनुभयो । “विगतमा एउटा टोलमा एउटा खानेपानी धारा थियो,” उहाँले भन्नुभयो, “अहिले हरेक घरधुरीमा खानेपानी धारा निर्माण गर्नेगरी योजना शुरु गरिएको छ ।” यो योजनाले दुवै बस्तीका १६९ घरधुरी, दुई विद्यालय, एक स्वास्थ्य चौकी, एक वडा कार्यालय र चारवटा मन्दिरमा समेत धारा निर्माण गरिनेछ । योजना निर्माणका लागि नेपाल सरकारको रु पाँच लाख ९९ हजार ५६८, फिनल्यान्ड र युरापेली युनियनको रु ३१ लाख ४७ हजार ७३३, गाउँपालिकाको ७८ लाख ६ हजार ८७९ र उपभोक्ताको श्रम लगानी ४० लाख ५९ हजार ५७७ गरी कूल रु एक करोड ५६ लाख १३ हजार ७५९ लागतमा खानेपानी तथा सरसफाइ योजना निर्माण हुन लागेको हो । योजना निर्माण शुरु भएपछि स्थानीयवासी बिहानदेखि बेलुकीसम्म काममा जुटेका छन् । योजना निर्माण गर्न २६ प्रतिशत जनश्रमदान गर्नुपर्ने भएपछि हरेक घरधुरीबाट एकजना काममा जुटेका हुन् । खानेपानी योजनाको शाखा लाइन खोदानमा जनश्रमदानको काम भइरहेको भगवती खानेपानी तथा सरसफाइ योजनाका उपभोक्ता समिति सचिव कल्यानसिंह धामीले जानकारी दिनुभयो । यो गाउँमा २०४६ सालमा खानेपानी योजना निर्माण गरिएको थियो । त्यसयता खानेपानी योजना मर्मतसम्भार हुन नसकी गाउँमा पानी अभाव हुन थालेपछि ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनामार्फत खानेपानी योजना निर्माण भइरहेको उहाँले बताउनुभयो । “गाउँमा ३० वर्षपछि स्वच्छ पिउने पानी पुग्ने भएपछि स्थानीयवासी खुशी छन्,” उहाँले भन्नुभयो, “पहिले धारामा पानी हुँदैन थियो, लाइन कुरेर बस्नुपथ्र्यो ।” एक गाग्री पानीका लागि आधा घण्टासम्म कुर्नुपरेको धामीले सुनाउनुभयो । अहिले सबैको व्यक्तिपिच्छे खानेपानी धारा, धाराबाट बचत भएको पानी तरकारी बगैँचा निर्माण गरिने भएपछि स्थानीयवासीमा खुशियाली छाएको छ । गाउँमा खानेपानी तथा सरसफाइमा सुधार हुने भएपछि स्थानीयवासीले जनश्रमदानमा समेत उल्लेखनीय सहभागिता देखाएको कार्यक्रमका फिल्ड संयोजक धामीले बताउनुभयो । “अहिले सबै घरधुरीबाट योजना निर्माणमा सहभागिता उल्लेखनीय छ”, धामीले भन्नुभयो । खानेपानी योजना आगामी २०७८ जेठमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!