प्रा सूर्यप्रसाद सुवेदीका नाममा अक्सफोर्ड विश्वविद्यालयमा मानवाधिकार र विद्यावारिधिसम्बन्धी दुई वार्षिक पुरस्कार स्थापना गरिएको छ । पहिलो पुरस्कार सो विश्वविद्यालयको स्नातक तहको मानवाधिकार कानूनमा सर्वोत्तम अङ्क प्राप्त गर्ने व्यक्ति तथा दोस्रो कानूनमा सर्वोत्कृष्ट विद्यावारिधिको शोधग्रन्थ प्रस्तुत गर्नेलाई प्रदान गरिनेछ । आफ्ना नाममा एउटा प्रतिष्ठित विश्वविद्यालयमा यस्ता पुरस्कार स्थापना भएकामा प्रा सुवेदीले प्रसन्नता व्यक्त गर्नुभयो । ती पुरस्कारले प्रा सुवेदीले मानवाधिकार र अन्तरराष्ट्रिय कानूनको विकासमा दिएको विशिष्ट योगदानलाई चिरकालपर्यन्त जीवन्त राख्ने विश्वास गरिएको छ । प्रा सुवेदीले अक्सफोर्ड विश्वविद्यालयबाट सन् १९९३ मा विद्यावारिधि हासिल गर्नुभएको थियो । उहाँले अन्तरराष्ट्रिय कानून र मानवअधिकारका क्षेत्रमा असाधारण योगदान दिएको भनी गत वर्ष उहाँलाई अक्सफोर्ड विश्वविद्यालयले महाविद्यावारिधि जस्तो सर्वोच्च उपाधि प्रदान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!