सोमबार, चैत्र ०३, २०७६ || 711  पटक पढिएको

रुकुम (पूर्व)को सिस्ने गाउँपालिका– ८ मा रहेको जमाखोला लघुजल विद्युत् गृह एक वर्षदेखि मर्मत भएको छैन । गत वर्ष असोज ३० गते आएको पहिरोले सो गृहलाई क्षति पु¥याएको थियो । क्षति भएको लामो समयसम्म मर्मत हुन नसकेको उपभोक्ताले गुनासो गरेका छन् । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको रु दुई करोड १३ लाख र स्थानीयको श्रमदान गरी झण्डै रु चार करोडको लगानीमा सो गृहको २०७२ माघ २६ गते निर्माण सम्पन्न भएको थियो । उपभोक्ताले तीन वर्ष मात्र विद्युत् बाल्न पाएका थिए । ९० किलोवाट क्षमता रहेको सो आयोजनाबाट सिस्ने गाउँपालिका वडा नम्बर ७, ८ र रुकुम (पश्चिम) मुसिकोट नगरपालिका–छिङका गरी करिब ९२६ घरधुरी लाभान्वित भएका थिए । ठूलो लगानीमा निर्माण गरिएको विद्युत् आयोजना डेढ वर्षदेखि बन्द हुँदासम्म मर्मततर्फ उपभोक्ता समिति तथा स्थानीय सरकार कसैको ध्यान जान सकेको छैन । अहिले उक्त क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणको विद्युत् जडान गरिए पनि धेरै विद्युत् भार कटौती हुने गरेको स्थानीयको गुनासो छ । जामाखोला लघुजल विद्युत् आयोजना उपभोक्ता समितिका अध्यक्ष बिर्खबहादुर बुढाले पर्याप्त बजेटको अभावमा मर्मत गर्न नसकिएको र स्थानीय सरकारका साथै अन्य कुनै निकायले वास्ता नगरेको बताउनुभयो । आयोजनामा प्रयोग भएका समान अहिले काम नलाग्ने अवस्थामा पुगेका छन् । सिस्ने गाउँपालिका–८ का वडाध्यक्ष खर्कसिंह थापाले मर्मत गर्न बोलपत्र आह्वान भएको जानकारी दिनुभयो । हिमपातले विद्युत् सेवा अवरुद्ध तीनदिन लगातार परेको वर्षा र हिमपातका कारण जिल्लाको पुथाउत्तरगङ्गा गाउँपालिका–२ मा विद्युत् सेवा अवरुद्ध भएको छ । तीन दिनदेखि लगातार परेको हिमपातका कारण वडामा रहेको झालुङ घारीखोला लघुजलविद्युत् आयोजनाबाट उत्पादन भएको २२ किलोवाट क्षमताको विद्युत् सेवा अवरुद्ध भएको हो । हिमपातका कारण विद्युत्का पोल ढलेपछि विद्युत् सेवा अवरुद्ध भएको पुथाउत्तरगङ्गा गाउँकार्यपालिका सदस्य जीताराम कामीले जानकारी दिनुभयो । हिउँका कारण वडाभित्रका झण्डै २० देखि २५ वटासम्म विद्युत्का पोल ढलेकाले शनिबार रातिदेखि विद्युत् सेवा अवरुद्ध भएको उहाँले बताउनुभयो । उहाँका अनुसार विद्युत्का तारमा अत्यधिक हिउँ जम्मा भई पोलले थेक्न नसक्दा पोल ढलेका हुन् । विद्युत् सेवा अवरुद्ध हुँदा वडाका पेल्मा, यमाखार, भलारलुङ, हिम, घुइवाङ र जिगावाङका नागरिक अध्यारोमा बस्न बाध्य भएका छन विद्युत् पोल गाड्न करिब एक हप्ता लाग्ने बताइएको छ

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!