भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सदस्य राष्ट्रबीचको आपसी साझेदारी विश्वमै नमूना बनाउनुपर्ने बताउनुभएको छ । उहाँले विश्वव्यापी समस्याको रूपमा देखिएको कोरोना भाइरसको व्यवस्थापनका लागि आपतकालीन कोष खडा गर्ने बताउँदै यसका लागि भारतले एक करोड अमेरिकी डलरको योगदान गर्ने बताउनुभएको छ । प्रधानमन्त्री मोदीले सङ्क्रमणबाट प्रभावित सबै मुलुकमा आवश्यकता अनुसार कोषलाई परिचालन गर्ने सुझाब उहाँको रहेको छ । कोरोना भाइरसको विश्वब्यापी संक्रमणपछि उत्पन्न जोखिम रोक्न आइतबार साँझ बोलाइएको सार्क भिडियो कन्फरेन्स (सम्मेलन)मा प्रधानमन्त्री मोदीले भन्नुभयो, “हाम्रो साझेदारी विश्वका लागि नमूना बन्नुपर्छ ।” कोरोनाविरूद्धको लडाईमा सार्क सदस्यहरु एकजुट हुनुपर्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावले यो रोग रोकथाम र नियन्त्रणमा सार्कका सबै मुलुक सक्षम हुने उल्लेख पनि गर्नुभयो । सम्मेलनमा मोदीले कोरोनासँग लड्न आपसमा सहकार्य गर्नुपर्नेमा जोड दिँदै भन्नुभयो, “हामीले सँगसँगै तयारी गर्नुपर्छ । सँगसँगै काम गर्नुपर्छ । सफलता पनि सँगसँगै मिल्नेछ, ” मोदीले तत्काल सबै देशले आफ्ना अधिकारीलाई सार्क सदस्यहरुबीच सहकार्यका लागि पहल सुरु गर्न निर्देशन दिनुपर्नेमा जोड दिनुभएको छ । प्रस्तावलाई मिगौला प्रत्यारोपणपछि आराम गरिरहेका नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि समर्थन गर्नुभएको छ । कन्फरेन्समा पाकिस्तानबाहेक अन्य सबै राष्ट्रका सरकार प्रमुखहरु सहभागी रहेपनि पाकिस्तानबाट स्वास्थ्य राज्यमन्त्री सहभागी बन्नुभएको थियो । पाकिस्तानले सम्मेलनमा पाकिस्तानले कोरोना भाइरसको विश्वव्यापी ‘प्रकोप’ले दक्षिण एशियालाई पनि नराम्रोसँग प्रभावित पारेकोले यसमा सबैको साझा चासो रहनुपर्ने बताएको छ । उसले काश्मिर मुद्दालाई पनि सार्क राष्ट्रका नेताहरूसमक्ष उठाएको छ । सार्कका सबै मुलुकमा कोरोना भाइरसको सङ्क्रमण फैलिने क्रम जारी रहेपनि प्रकोपका रूपमा नआएको धारणा राख्दै उहाँले भाइरसको सङ्क्रमणबाट पर्ने सम्भावित खतरालाई सामना गर्न सहकार्यका लागि पाकिस्तान प्रतिवद्ध रहने पाकिस्तानी स्वास्थ्यमन्त्रीले बताउनुभयो । त्यसैगरी बंगलादेशकी प्रधामन्त्री शेख हसिनाले कोरोना भाइरस (कोविड– १९) विरुद्ध लड्न सार्क मुलुकहरुले बलियो समन्वय र सहकार्यका लागि जोड दिनुभएको छ । सम्मेलनमा प्रधानमन्त्री शेखले आफ्नो मुलुक सबै सार्क मुलुकसँग सधै सहकार्य गर्न तयार रहेको बताउनुभयो । उहाँले बङ्गलादेशमा तीन व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको तर यसका कारण स्वदेशमा कसैको मृत्यु नभएको बताउँदै भाइरस सङ्क्रमणलाई नियन्त्रण गर्नका लागि रणनीति निर्माण गरी त्यसको कार्यान्वयमा जोड दिनुपर्ने बताउनुभएको छ । उहाँले भन्नुभयो, “हाम्रो देशमा बाहिरबाट आएका तीन जनामा रोग देखिएको छ। कुनै पनि स्थानीय जनतामा यो रोग पुष्टि भएको छैन ।” त्यसैगरी श्रीलङ्काका राष्ट्रपति गोतावाय राजापाक्षले कोरोना भाइरस सङ्क्रमणको ठूलो समस्या आफ्नो मुलुकमा नदेखिएपनि देशको आयात तथा निर्यातमा प्रभाव परिसकेको बताउनुभयो । “कोरोना भाइरस सङ्क्रमणको विश्वव्यापी समस्याका कारण श्रीलङ्काको खासगरी पणर््टन क्षेत्रमा व्यापक प्रभाव परेको र यसको प्रभाव अर्थतन्त्रमा पनि देखिएको छ,” उहाँले भन्नुभयो । श्रीलङ्कामा आउने पर्यटक प्राय इटली र ईयू मुलुकहरूबाट बढी रहेको तर गत वर्ष अप्रिल २१ मा भएको आतङ्कवादी हमलाका कारण प्रभावित बनेको पर्यटन बजार कोरोनाका कारण थप सङ्कटमा परेको उहाँले बताउनुभयो । सार्क मुलुकका नेताहरूले सार्कको अर्थतन्त्रलाई कठिन घडीमा बचाउन विशेष संरचनाको निर्माण गरेर अघि बढ्नुपर्ने गोतावायले बताउनुभयो । अफगानिस्तानका राष्ट्रपति असरफ घानीले सार्कमुलुकमा कोरोना भाइरसविरूद्धको लडाईलाई सफल पार्न टेलिमेडिसिन र अन्य साझा संरचना बनाउन जोड दिनुभएको छ । उहाँले भन्नुभयो, “सार्कमा अहिले कोरोना भाइरसको सङ्क्रमण विस्तारै फैलिन थालेकोले यसलाई रोकथाप तथा नियन्त्रणका लागि हामीले साझा अवधारणा निर्माण गरौँ र टेलिमेडिसिनजस्ता प्रविधिको सहयोगमा रोकथाम तथा नियन्त्रण प्रयासमा सफलता मिल्नेछ ।” त्यस्तै माल्दीभ्सकाका राष्ट्रपति इब्राहिम मोहमद सोलिहले एकल प्रयासमा कोरोना भाइरस सङ्क्रमण बिस्तारलाई नियन्त्रण गर्न कठिनाई भएको र यसका लागि सार्क मुलुकहरूले एक भएर काम गर्नुपर्ने बताउनुभयो । उहाँले सार्कका सदस्यहरू विगतमा पनि असहज परिस्थितिमा एक बनेका उदाहरण छन् । खुला सीमाका कारण सङ्क्रमण फैलिने सम्भावना प्रवल रहेकोले सीमालाई व्यवस्थापन गर्नुपर्ने उहाँले बताउनुभयो । “सार्क तथा गैर–सार्क मुलुकबाट हुने आवागमनमा सतर्कता अपनाउन र भाइरस सङ्क्रमण फैलिनबाट रोकथाम गर्न चालिने बुद्धिमान कदमले सार्कमा कोरोनालाई फैलिनबाट रोक्न सकिने देखिन्छ,” सोलिहले भन्नुभयो । सम्मेलनमा भूटानका प्रधानमन्त्री लोटे छिरिङले सहभागिता जनाउनुभएको थियो ।उहाँले सङ्क्रमणलाई नियन्त्रणका लागि चालिने पहलमा भूटानले अन्य सार्क मुलुकसँग सहकार्य गर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!