आइतबार, चैत्र ०२, २०७६ || 585  पटक पढिएको

धनुषामा विषाक्त घरेलु मदिरा सेवनबाट मृत्यु भएका परिवारलाई धनुषा निर्वाचन क्षेत्र नं ४ का सांसद तथा पूर्वमन्त्री रघुवीर महासेठले क्रिया खर्च उपलब्ध गराउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्यसमेत रहेका पूर्वमन्त्री महासेठले धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर १ र २ रमदैया भवाडीमा विषाक्त घरेलु मदिरा सेवनका कारण मृत्यु भएका १४ जनाको घर परिवारलाई किरिया खर्चबापत रकम सहयोग गर्नुभएको हो । पूर्वमन्त्री महासेठले मृतकहरुको घरमै पुगेर आफ्नो व्यक्तिगततर्फबाट मृतकको परिवारलाई किरिया खर्चस्वरुप जनही रु २० हजारका दरले पीडित परिवारजनलाई हस्तान्तरण गर्नुभएको हो । किरिया खर्च उपलब्ध गराउँदै पूर्वमन्त्री महासेठले एउटै गाउँ टोलमा यति ठूलो सङ्ख्यामा मानवीय क्षति हुनु अत्यन्तै दुःखद् घटना भएको बताउनुभयो । उहाँले यस घटनाबाट सबैले पाठ सिक्नुपर्ने बताउँदै अब उपरान्त गाउँका अन्य व्यक्तिलाई मदिरा सेवन नगर्न र अवैध मदिरा उत्पादक एवं भट्टीमाथि कडा निगरानी गर्न स्थानीयसँग आग्रह गर्नुभयो । उहाँले मृतक परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन प्रदेश सरकारसँगसमेत आग्रह गर्ने बताउनुभयो । होलीमा घरेलु मदिरा सेवन गरेर मृत्यु भएकाप्रति शोक व्यक्त गर्दै उहाँले मदिरा सेवन गरेका अन्य व्यक्तिहरुलाई समेत आफैँले अस्पतालमा गएर जाँच गराउन आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!