कास्कीको लुम्ले केन्द्रविन्दु भएर आज साँझ भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार कास्कीको लुम्ले केन्द्रविन्द्र भएर ५ रेक्टरस्केलको भूकम्प गएको हो । केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले आज साँझ ८ बजेर ४५ मिनेटमा भूकम्प गएको जानकारी दिनुभयो । उक्त भूकम्प गोरखा भूकम्पको पराकम्प हो या नयाँ भूकम्प हो भन्ने बारेमा अनुसन्धान भइरहेको भट्टराईले बताउनुभयो । भूकम्पको धक्का कास्की, गोरखा, तनहुँ र लमजुङमा महसुस गरिएको थियो । गोरखा भूकम्पपछि नेपालमा ४ रेक्टरस्केलभन्दा माथिका ५३८ भूकम्प गइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!