हिपमत डटकम

शनिबार, माघ २८, २०७९ || 648  पटक पढिएको

विराटनगर । प्रथम प्रादेशिक लघुवित्त सदस्य सम्मेलन हुने भएको छ । विराटनगरमा आयोजकले पत्रकार सम्मेनलको आयोजना गरेर प्रथम प्रादेशिक लघुवित्त सदस्य सम्मेलन विराटनगरमा हुने जनाएको छ ।

प्रथम प्रादेशिक लघुवित्त सदस्य सम्मेलन माघ २९ गतेप्रदेशको राजधानी विराटनगरमा हुने सम्मेलनका संयोजक संजयकुमार मण्डलले वताए । लघुवित्तको क्षेत्रमा विकास प्रवद्धनलगायत गरिव वर्ग पनि ऋण लगानी गर्न योग्य छ, भन्ने मान्यतालाई स्थापित गर्न सम्मेलनको मुख्य उदेश्य रहेको मण्डलले वताए ।

प्रदेश १ मा रहेका लघुवित्त संस्था र तीनवटा सहकारी संस्थाहरु आयोजक समितिमा रहेको छ, भने राष्ट्र सहकारी बैंक, राष्ट्र बैंकसंग सहकार्य गरेको उनले जानकारी गराए ।

लघुवित्त संस्थाले अहिलेसम्म उक्त सेवा अन्र्तरगत ४ खर्ब, ५७ अर्ब १८ करोड, ६३ लाख ३६ हजार एक सय ८० रुपैयाँ कर्जा लगानी गरिसकेको उनले बताए । प्रदेश १ भित्र रहेका लघुवित्त संस्थाहरुले १ खरब, ६४ अरब, १९ करोड, ६० लाख ६५ हजार ६ सय रुपैयाँ बचत परिचालन रहेको आयोजकले जनाएको छ ।

सम्मेलनले लघुवित्त संस्थामा आवद्ध सदस्यहरुको स्तरउन्नती गर्ने खालको योजना तयगर्ने उनले जनाए । महिला तथा जेष्ठनागरीक मन्त्री भगवती चौधरीले सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम रहेको संयोजक मण्डलले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!