हिपमत डटकम

बुधबार, माघ २५, २०७९ || 8470  पटक पढिएको

विराटनगर । विराटनगर–२ शंकरपुर मार्गमा जारी सीएनआई कोसी एक्स्पोमा बुधबारको सन्ध्याकालिन सांगीतिक माहौल बनाउन ‘एनजेके भाइब्स’ अर्थात नितेश जंग कुँवरले आफ्नो प्रस्तुति दिंदैछन् । एक्स्पोको सातौं दिनको साँझ उनले विराटनगर गुन्जाउने छन् ।
उनको ‘हाम्रो नेपालमा, फिर्ती माया, निष्ठुरी मोरी, गेडै जस्तो जिन्दगी, लौन के गर्ने, पीडित, बुझेउ होइन कुरा, लैबरी लै लै, छुट्टी, साथ सँधैको, बाल छैन, फस्र्ट डेट’ लगायतका दर्जनौं गीत चर्चित छन् ।

नितेश जंग अहिलेको युवा पुस्तामाझ चर्चित ‘मेडिलियस पप एण्ड रक’ गायकका रुपचा चिनिन्छन् । त्यहि भएर उनको फ्यान फलोइङ पनि धेरै छन् ।
‘एनजेके भाइब्स’ का साथै बुधबार विराट चोकस्थित स्थानीय ‘नमूना ब्याण्ड’ को तर्फबाट पनि आफ्नो प्रस्तुति रहने जनाइएको छ ।
एक्स्पोमा टिकट काट्ने समय र टिकटको दरलाई निकै सहज बनाइएको छ । बेलुका साढे ६ बजेसम्म १०० रुपैया“मा टिकट पाइने छ । ९ कक्षा मुनिका विद्यार्थीहरुका लागि भने उक्त समयभित्र टिकट दर ५० रुपैया“ मात्रै रहेको छ । साढे ६ बजेपछि भने टिकट दर २०० रुपैया“ नै रहने छ ।

टिकट काटिसकेका अवलोकनकर्ताहरुले जुनसुकै समयमा पनि प्रवेशद्वारबाट सहज रुपमा एक्स्पो स्थलमा प्रवेश पाउने व्यवस्था गरिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!