बिहिबार, माघ १९, २०७९ || 14188  पटक पढिएको

विराटनगर। नेपाल उद्योग परिसंघ १ नं. प्रादेशिक कार्यालय विराटनगरले सीएनआई कोशी एक्स्पोलाई भव्य एवं ऐतिहासिक रुपमा सम्पन्न गर्न विहीबार विराटनगरमा सांस्कृतिक र्‍याली निकालेको छ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विहीबार नै उद्घाटन गरेपछी सीएनआई कोशी एक्स्पो २०७९ सुरु हुने छ ।

परिसंघका उपाध्यक्ष नवलकिशोर काबरा, दिपक पौडेल, बोर्डमेम्बर मुकेश कोठारी, बोर्डमेम्बर तथा एक्स्पोका सह–संयोजक गिरीजा सारडाले सांस्कृतिक र्‍यालीको नेतृत्व गरेका थिए । एक्स्पोलाई भव्यरुपमा सफल बनाउन मेहनत र लगनशीलका साथ काम गरिरहेका महिला नेतृ रिता ढकाल, रिता पोखरेल, रंजिता पराजुली, सुची चौधरी पनि र्‍यालीमा सहभागी थिए ।

विराटनगरको ट्राफिक चोकबाट निस्केको सांस्कृतिक र्‍याली नगरक्षेत्रको विभिन्न भागको परिक्रमापछि एक्स्पो स्थलमा पुगेर समापन भएको थियो ।

र्‍यालीमा मुण्दडा जातिको झाँकी टोली, सीएनआई कोशी एक्स्पो २०७९ को झाँकी टोली, पूर्वाञ्चल विश्वविद्यालय अनुदान आयोगको झाँकी टोली, ग्रामथान गाउँपालिकाको झाँकी टोली, नेपाल प्रहरी बैण्ड बाजाको झाँकी टोली, मोरङ नर्सिङ क्याम्पसको झाँकी टोली र्‍यालीमा सहभागी थिए ।

परिसंघका अध्यक्ष भीम घिमिरेले सांस्कृतिक र्‍यालीमा प्रथम, द्वितीय र तृतिय हुने सांस्कृति टोलीलाई पुरस्कार प्रदान गर्ने जानकारी गराए । विराटनगर–२ स्थित विराट नर्सिङ होमको पूर्व शंकरपुर मार्गमा माग १९ गते विहीबारदेखि २८ गतेसम्म सीएनआई कोशी एक्स्पो संचालनमा रहने छ ।

परिसंघले ४ करोडभन्दा बढि रकम खर्चेर आयोजना गरेको सीएनआई कोशी एक्स्पोमा नेपाल, भारत, बंगलादेश र पाकिस्तानका गरेर ३ सय ७० भन्दा बढि औधोगिक तथा कृषि उत्पादनका स्टलहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!