उर्लाबारी। यही शनिबारबाट सुरु हुने उर्लाबारी महोत्सवमा नागरिक सचेतनाका लागि प्रहरीको स्टल रहने भएको छ ।

सवै प्रकारका हिंसा, लैङ्गिक असमानता, बालविवाह, बहुविवाह, जबरजस्ती करणीलगायत अन्य सामाजिक विकृति विसंगति नियन्त्रण तथा त्यस सम्बन्धी कानुनी व्यवस्था र नेपाल प्रहरीको भूमिकाको बारेमा जानकारी दिइने हेतुले स्टल संचालनमा ल्याइने भएको हो । इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रमुख प्रहरी निरीक्षक मिलनजंग थापाले अपराध पहिचान तथा रोकथामका उपायहरू र व्यक्तिगत जिम्मेवारी, आधारभूत सुरक्षा, मादक पदार्थ र लागुपदार्थ दुव्र्यसनी, प्रहरीलाई खबर गर्ने अवस्थाका विषयमा महोत्सवका आगन्तुकहरुलाई जानकारी दिइने बताउनुभयो । प्रहरीले आगन्तुकहरुलाई पर्चा, पम्पलेटका अलवा डिजिटल माध्यमबाटपनि सचेतना संदेश प्रवाह गर्ने जनाएको छ ।

सडक सुशासन र ट्राफिक नियमको बारेमा जानकारी गराइनुका साथै स्टलमा सीसी टिभीको नियन्त्रण कक्षबाट सुरक्षाकर्मीले अहोरात्र निगरानी गर्ने जनाइएको छ । स्टलमा रहने नागरिक सहायता कक्षमा सुरक्षित सडक प्रयोग, ट्राफिक संकेत, सडक प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरु र सवारी तथा यातायात ब्यवस्था ऐन २०४९ मा रहेको कानुनी ब्यवस्थाहरु सम्बन्धमा सैद्धान्तिक प्रशिक्षण दिइने छ । प्रहरीले आगन्तुकहरुलाई पर्चा, पम्पलेटका अलवा डिजिटल माध्यमबाटपनि सचेतना संदेश प्रवाह गर्ने जनाएको छ ।

माघ २१ देखि २९ गतेसम्म संचालन हुने प्रादेशिक औद्योगिक व्यापार, कृषि तथा पर्यटन महोत्सव – २०७९ को तयारी तीब्र पारिएको छ । महोत्सवको दिन प्रत्येक साँझ राष्ट्रिय कलाकारको प्रस्तुति रहने भएको छ । महोत्सवको सुरक्षा मजबुत बनाउन कुनै कसर बाकी नराखिने इन्सपेक्टर थापाले बताउनुभयो । महोत्वको उद्घाटन प्रदेश नम्बर १ का मुख्यमन्त्री हिक्मत कार्कीले महोत्वको उद्घाटन गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!