हिपमत डटकम

मंगलबार, माघ १७, २०७९ || 8717  पटक पढिएको

विराटनगर÷ विराटनगर महानगरपालिका मेयर नागेश कोइरालाले विराटनगर महानगरको आन्तरिक आय अभिवृद्धिका लागि लेखा परीक्षकहरुको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।नेपाल चार्टर्ड एकाउन्टेन्टस संस्थाको २६ औं वार्षिकोत्सवका अवसरमा मंगलबार विराटनगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले कडाइका साथ लेखा परीक्षण गरिदिन आग्रहसमेत गरे ।

महानगरको आन्तरिक आम्दानी कमजोर भएकै कारण महानगरवासीको चाहनाअनुसार विकास गर्न नसकेको उनले प्रस्ट्याए । मेयर कोइरालाले लेखा परीक्षण (अडिटिङ) गर्दा महानगरलाई कर चुक्ता गरे–नगरेको हेरिदिन आग्रह गरे । “तपाईंहरुले अडिटिङ गर्दा कम्तीमा महानगरलाई बुझाउनुपर्ने कर चुक्ता गरे÷नगरेको हेरिदिन आग्रह गर्दछु,” उनले थपे, “यसले महानगरको आम्दानी बढ्नेछ र त्यो पैसा यहींको विकासमा खर्च गर्ने हो ।”

मेयर कोइरालाले पछिल्लो समय विराटनगर शैक्षिक र स्वास्थ्यको हब बन्दै गएको चर्चा गरे । विगतमा सीए अध्ययनका लागि भारतको नयाँदिल्लीलगायत पुग्नुपर्ने बाध्यता हटेको उनको भनाइ थियो । पछिल्लो समय सीएको अध्ययन हुनुले विराटनगर शैक्षिक हबका रुपमा विकसित हुँदै गएको मेयर कोइरालाले उल्लेख गरे । उनले अझै पनि लेखा परीक्षक (सीए) को कमी रहेको बताए । कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले सीएको जिम्मेवारी महत्वपूर्ण र गम्भीर रहेको बताए ।

उनले सिएले गरेको सहीले जीवनभर पछ्याइरहने उल्लेख गरे । कार्यक्रममा पूर्वाञ्चल विश्वविद्यालयका व्यवस्थापन संकायका डीन प्रा.डा. विजुकुमार थपलिया, आन्तरिक राजस्व कार्यालय विराटनगरका प्रमुख डा. डिवी क्षेत्री, अडानका सल्लाहकार डा. मोहन सुवेदी, एक्यानका प्रदेश अध्यक्ष मनोज अधिकारी, आयोजक नेपाल चार्टर्ड एकाउन्टेन्टस विराटनगर शाखाका अध्यक्ष अश्विनी वंशल, अडानका रामचन्द्र गौतमलगायतले मन्तव्य व्यक्त गरे । २०५३ माघ १७ गते स्थापित संस्थाले हालसम्म ७३८ सीए उत्पादन गरेको अध्यक्ष अश्विनी वंशलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!