हिपमत डटकम

मंगलबार, पौष २२, २०८२ || 205  पटक पढिएको

विराटनगर– कोशी अस्पतालमा फेरि एकपटक नेतृत्व परिवर्तन भएको छ। अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट (मेसु) पदमा वरिष्ठ चिकित्सक डा. रामनारायण चौधरी नियुक्त भएका छन्।

हालसम्म मेसु रहेकी डा. रुणा झा १५ महिना कार्यकाल पूरा गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको निर्देशकका रूपमा काठमाडौं फर्किएकी छन्। कोशी अस्पतालमा यसअघि पनि मेसुहरू पटक–पटक फेरिँदै आएका छन्, जसका कारण अस्पतालको व्यवस्थापन र सेवा प्रवाह प्रभावित हुँदै आएको सरोकारवालाहरू बताउँछन्।

स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमको मन्त्रीस्तरीय निर्णयबाट मेसु परिवर्तन गरिएको अस्पताल प्रशासन स्रोतले जनाएको छ। ११औँ तहका वरिष्ठ चिकित्सक डा. चौधरी यसअघि कोशी अस्पतालमै प्रमुख कन्सल्टेन्ट पेडियाट्रिसियनका रूपमा कार्यरत थिए।

बारम्बारको नेतृत्व परिवर्तनले अस्पतालमा अन्योल बढ्दै गएको छ। नयाँ मेसुको नियुक्तिले व्यवस्थापन सुधार हुने अपेक्षा गरिएको भए पनि यसले दीर्घकालीन स्थायित्व दिन सक्छ कि सक्दैन भन्ने प्रश्न भने अझै खुलै छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!